समाज

मूल्य घट्ने बेला २२ पम्पले उठाएनन् तेल

काठमाडौँ — आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने बेला २२ पम्पले इन्धन ढुवानी नगरेको भेटिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहँदा यहाँ पनि घट्ने अनुमान गर्दै ती पम्पले इन्धन ढुवानी गरेका थिएनन् । नोक्सानी हुने त्रासले ढुवानी नगर्दा आपूर्ति प्रणालीमै असर परेको थियो । पम्पले ढुवानी नगर्दा सर्वसाधारण घण्टौं लाइनमा बस्न बाध्य...बाँकी

राक्सिराङमा नेतृत्व विकास तालिम

चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको छ। आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो । आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकारहरू, खाद्य अधिकार, खाद्य...बाँकी

सुरक्षित भएर समाचार संकलन गर्नुस : बागमती प्रदेश पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ बागमती प्रदेश किमिटिले विश्वब्यापी महामारीको रुपमा फैलिहेको कोरोना भाईरसको उच्च जोखिममा रहेको नेपालमा पत्रकारहरु पनि जोखिममा रहेको भन्दै पूर्ण सतर्कता अपनाई समाचार संकलन गर्न अनुरोध गरेको छ । महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारुमगरले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारहरु समाचार संकलनको लागि जोखिमपूर्ण स्थलहरुमा जानुपर्ने भएको...बाँकी

सरकारले भीड नगरौं भने पनि सरकारी कार्यालयमा अझै भीडभाड

काठमाडौँ — स्माटकार्ड लाइसेन्सको लिखित परीक्षा दिनेहरूले हल पूरै भरिएको छ । सवारी चालक अनुमति पत्र दर्ता, नवीकरण गर्न लाइनमा उभिनेहरू उत्तिकै छन् । बिहीबार सबभन्दा बढी भीडभाड ट्रायल दिन आउनेहरूको थियो। कार्यालय हाताभित्र हात मिलाउन नहुने सूचनासमेत टाँसिएको थिएन। सरकारले कोभिड–१९ रोकथाम गर्न भीडभाड हुने भन्दै माध्यमिक शिक्षा परीक्षा...बाँकी

हेटौंडाको सिद्धार्थ मावि जिल्लामै सर्वोत्कृष्ट विद्यालय

हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा हालसालै सम्पन्न गरिएको विद्यालय कार्यसम्पादन परीक्षण २०७६ अनुसार सिद्धार्थ माध्यमिक विद्यालय हेटौडाले ८४ दशमलव ४ प्रतिशत प्राप्ताङ्क हासिल गरी जिल्लाकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको बिद्यालयका...बाँकी

कोरोना त्रासले घर फर्किन थाले भारतमा रहेका नेपाली

त्रिनगर र गड्डाचौकी नाकामा घर फर्किनेको घुइँचो कैलालीको गोदावरीका प्रेम रावल भारतको दिल्लीमा रहेको एक होटेलमा काम गर्थे । कोरोना भाइरसको प्रभावले होटेल बन्द भएपछि उनी बिहीबार घर फर्किएका छन् । ‘जताततै कोरोनाको त्रास मात्र सुनिन्छ, होटेल पनि बन्द भयो । त्यसैले घर फर्किएँ,’ धनगढीको त्रिनगर नाकामा भेटिएका उनले भने, ‘उता बेरोजगार बस्नुभन्दा...बाँकी

५० शय्यामाथिका अस्पताललाई इमर्जेन्सीबाहेकका सेवा रोक्न निर्देशन

 काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ५० शय्या भन्दा माथिका निजी-सरकारी अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसको व्यवस्थापनको तयारीका लागि यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा...बाँकी

निर्भया बलात्कारकाण्डका चारै जना दोषीलाई फाँसी दिइयो

नयाँदिल्ली — निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्।...बाँकी