समाज

सिन्धुलीमा बस र कार ठोक्किँदा ७ घाइते

सिन्धुली : विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(५ खहरेखोलामा यात्रुबाहक बस र कार ठोक्किँदा सातजना यात्रु घाइते भएका छन्। काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आउँदै गरेको बा३ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा२०च ३४९८ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा हुँदा कारमा सवार चालकसहित ५ जना...बाँकी

हेटौंडामा चौघडा रन प्रतियोगिता

हेटौंडा उपमहानगरापालिका वडा नंबर ६ मा भएको चौघडा रन प्रतियोगितामा पुरुष तर्फ सविन गुरुङ∙ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन् । मदन भण्डारी स्पोर्टस एकेमेडि हेटौंडा उपमहानपालिका वडा नंबर ६ को आयोजनामा आज भएको ३ किलो मिटर प्रतियोगितामा ३७ जनालाई उछिन्दै गुरुङ र महिला तर्फ पनि ३ किलोमिटर...बाँकी

हेटौंडाकी रिमालाई जलाएर श्रीमान फरार, अस्पतालमा अलपत्र

काठमाण्डौः ३४ वर्षकी रिमा बल अहिले शुष्मा कोइराला मेमोरियल हस्पिटलमा हुनुहुन्छ । शरीरका अधिकांश भाग जलेका छन् । उपचारको अभावमा खुट्टा र हात कुहिएर झर्लाजस्तै भएको छ । रिमा बोल्नै नसक्ने अवस्थामा पुग्नु भएको छ । उहाँको विभत्स शरीर हेर्नै गाह्रो छ । रिमाको दाहिने हर प्यारालाइसिसले गालेको छ ।...बाँकी

बालिका झुन्डिएको अवस्थामा फेला : प्रहरीले गर्‍यो उद्धार

दोलखा : उत्तरी दोलखाको विगु गाउँपालिका–२, ओराङको चामटाङमा १३ वर्षीय बालिका झुन्डिएको अवस्थामा जिवितै फेला परेकी छन्। विगु गाउँपालिका–२, ओराङककी कुमारी मगरलाई रुखमा झुन्डिएको अवस्थामा बुधबार अपरान्ह करिब ३ बजे फेला पारिएको सिंगटी प्रहरीले जनाएको छ। मगरलाई झुन्डिएर अचेत भएको अवस्थामा आफन्त, छिमेकी र प्रहरीले उद्धार गरी सिंगटीस्थित अस्पताल लगेका...बाँकी

मेडिकलमा ‘नो मास्क’

काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव देखिएको छ। किटाणु मार्ने सेनिटाइजर पनि पाउन मुस्किल भएको छ। कतिपय मेडिकलले त ‘नो मास्क’ लेखेर सूचना टाँसेका छन्। सुन्धारास्थित काठमाडौं मलछेउको टेवहाः मेडिकल हलले भित्तामै ‘नो मास्क’ भन्ने सूचना टाँसेको छ। जयबागेश्वरी बस्ने निमेश निरौलाले मास्क नपाएका कारण...बाँकी

सुनसान सौराहा

सौराहा : पर्यटनका लागि उपयुक्त मानिएको सिजनमा पर्यटन व्यवसाय सुनसान छ। यहाँका होटल पर्यटकविहीन भएका छन्। कोरोना भाइरसको त्रासले पर्यटन व्यवसाय प्रभावित बनेको छ। जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ। अघिल्लो वर्ष यो समयमा ८० प्रतिशत पर्यटक हुन्थे। तर अहिले मुस्किलले १५ प्रतिशत मात्रै पर्यटक छन्। व्यवसायी चिन्तित...बाँकी

कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् । १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् ।...बाँकी

१० दिनका लागि हेटौंडा सिमेन्ट उद्योग क्लिकर बन्द

हेटौंडाः नेपाल सरकारको स्वामित्वमा सञ्चालन भइरहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले क्लिकर उत्पादन बन्द गरेको छ । उद्योगले शुक्रबारदेखि १० दिनसम्म क्लिकर उत्पादन बन्द गरेको हो । २२ हजार टन क्लिकर बाँकी रहेकाले १० दिनका लागि उत्पादन बन्द गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनु भयो । उहाँले मजदुर युनियन, उद्योग प्रशासन, सरोकारवाला...बाँकी