समाज

गोलि प्रहार गरि गाजा तस्कर पक्राउ

हेटौंडा: मकवानपुर प्रहरीले गोली प्रहार गरी गएराति गाँजा ल्याउदै  गरेको कार पक्राउ गरेको छ । हेटौँडा–११ थानाभर्याङमा प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६जे ४४५८ नम्बरको कार रोकी जाँच गर्न खोजेको थियो । तर कार नरोकी भैरवडाँडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले एक...बाँकी

कम्प्युटर अधिकृतलाई १० हजार घुस सहित पक्राउ

हेटौंडा: अख्तियार टोलीले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृतलाई १० हजार घुस रकम सहित पक्राउ गरेको छ। घुस रकम सहित पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत रामकुमार अधिकारी रहेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताएका छन्। विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग...बाँकी

अमेरिकाले पत्र लेख्दै नेपाल- चीन सुपुर्दगी सन्धि रोकेको खुलासा

हेटौंडा: संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले यतीबारे नेकपा सचिवालय बैठकमा भएका छलफललाई समेटेका भने केहीले नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि, डीडीसीभित्रको अनियमितताको अन्तर्य खोतल्ने प्रयास गरेका छन् । त्यस्तै, एबीबीएस विद्यार्थी भर्नामा विदेशीलाई दिन लागिएको सहुलियत, एमआरपीमा भइरहेको बदमासीलगायत विषय...बाँकी

आफैले बोकेको बन्दुक पड्किदा एक प्रहरिको घाइते

 हेटौंडा: विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो । तर, त्यहाँ भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् ।...बाँकी

श्रमिकमा अध्यक्षलाई जानकारी नदिई कार्यक्रम, अख्तियारमा जाने श्रेष्ठको तयारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिका -४ कर्रामा रहेको श्रमिक माविमा प्रधानाध्यापकले शिक्षक अभिभावक संघ(पिटिए)लाई नै जानकारी नदिई अभिभावक भेला गरेका छन् । विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले अवैधानिक ढंगले पिटिएलाई जानकारी नदिई माघ १२ गते आइतबार अभिभावक भेला गरेको पिटिएका सयोजक सुरेश श्रेष्ठले मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।...बाँकी

देशहितमा काम गर्न सजिलो छैन, तर आत्मसन्तुष्टि प्राप्त हुन्छ :- कमल थापा

 हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश र जनताको हितको निमित्त काम गर्न सजिलो नहुने भन्दै निष्काम कर्मले जिबनमा आत्मसन्तुष्टि भने प्राप्त हुने बताएका छन् । आज राप्रपा मकवानपुरका नेता तथा समाजसेवी स्वर्गीय गोबिन्द रिजालको हेटौंडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्नु हुँदै थापाले रिजालको निधनले एक सच्चा राष्ट्रबादी र जनप्रेमी...बाँकी

टिपरको ठक्करबाट एक युवकक मृत्यु, घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या

   हेटौंडा: सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकक मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् । मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक...बाँकी

४ सय छात्रवृत्ति कोटामा १६ सयको आवेदन

हेटौडा : छोरी बुहारीहरुको उच्च शिक्षा अध्ययनको लागि बागमती प्रदेश सरकारले नयाँ कार्य योजना सुरुवात गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा निर्देशनालयले बागमती प्रदेशका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत् छोरी बुहारीहरुलाई छात्रवृत्ति वितरण सुरु गरेको हो । बागमती प्रदेश भित्र स्थायी बसोबास भएका वा विवाह गरि...बाँकी