समाज

कालोपत्रे गरेको एक महिनामै उप्कियो

जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित...बाँकी

मकवानपुरको ग्रामिण सडक अझै ठप्प, कान्तिलोकपथ चल्न एक महिना

हेटौंडाः संघीय राजधानी जोड्ने कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा आउन अझै एक महिनाभन्दा बढी लाग्ने भएको छ। हेटौँडा–काठमाडौंको सजिलो र छिटोबाटोको रूपमा केही समय अघिबाट सञ्चालनमा आएको यो बाटो विनाशकारी अविरल वर्षाले तहसनहस बनाएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कतिपय स्थान पूरै सडक बगाएको, कतै सय मिटरभन्दा लामो पहिरो खसेकोले...बाँकी

सिरिन्ज आक्रमणको त्रास

— बुधबार दिउँसो राजधानीकी २१ वर्षीया युवती आत्तिँदै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । ढाडमुनिको भागमा सिरिन्ज घोपिएको शंकामा उनी अस्पताल पुगेकी थिइन् । चिकित्सकले चेकजाँच गर्दा सानो रातो डाबर मात्रै भेटियो । सिरिन्जले घोपे जस्तो कुनै लक्षण थिएन । बसमा यात्रा गर्दा पछाडिको सिटबाट कसैले तिखो वस्तुले घोचेजस्तो लागेको उनले बताइन् ।...बाँकी

बाजुरामा जिप दुर्घटना, चालक सहित २ जनाको मृत्यु, १२ घाईतेको हेलिकप्टरमार्फत उद्धार

शुक्रबार बिहान बाजुराबाट कालीकोट गइरहेको जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ती १२ जना घाईतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। दुर्घटनामा घाइते...बाँकी

मकवानपुरको कुलेखानीमा उच्च सतर्कता, वर्षा घटे पनि पानीको सतह बढ्दै

नेपाल विद्युत प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयलाई उच्च निगरानीमा राखेको छ । हाल पूर्ण क्षमतामा चलिरहेको कुलेखानीमा कुनै पनि बेला जोखिम निम्तिन सक्ने निष्कर्ष निकालेर प्राधिकरणले उच्च निगरानीमा राखेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हाल कुलेखानी भरिन ३ मिटर मात्रै बाँकी छ । कुलेखानीको जलाधार क्षेत्रमा हाल वर्षाको अवस्था...बाँकी

परीक्षार्थीको नम्बर थपघट आरोपित त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा...बाँकी

शमशेर विप्लवको गतिविधिमा लागेका छैनन् : श्रीमती सलिना

मकवानपुर बकैया गाउँपालिका वडा नंबर ६ का शम्सेर घिसिङका परिवारले शम्सेर विप्लव गतिविधिमा संलग्न नभएको बताएका छन् । गत असार ११ गते बकैया ४ बाट विप्लव नेतृत्वको युवा संघको अध्यक्ष भएको भन्दै प्रहरीले शम्सेरलाई पक्रेका थिए । हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि सम्शेर घिसिङका श्रीमती सलिना स्याङ्तानले आफ्नो पति विप्लव...बाँकी

बलात्कारको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक पक्राउ

बलात्कार आरोपमा एकजना नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह प्रकाउ परेका हुन्। उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन्। हेटौडाबाट उनीहरु सँगै मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरको एउटा होलमा बसेका थिए। चन्द्रपुर ४ स्थित एक होटलमा ती युवतीलाई ललाइफकाइ...बाँकी