समाज

सल्यान जिल्लामा करेन्ट लागेर एकको मृत्यु

सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले वलीको घटनास्थलमै मृत्यु भएको बताए। वलीलाई सोमबार बिहान घाँस काट्न गएको समयमा...बाँकी

खुर्पा प्रहारबाट तीनजना गम्भीर

दुधौली नगरपालिका- १३ ठाकुरदमारमा एक व्यक्तिले अन्धाधुन्दा धारिलो हतियार (खुर्पा) प्रहारबाट तीनजना सख्त घाइते भएका छन्। ठाकुरदमारका ४५ वर्षीय तिलकबहादुर खत्रीले सोमबार बिहान खुर्पाले हिर्काउँदा उनकी श्रीमतीसहित तीनजना सख्त घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार खत्रीकी श्रीमती ४० वर्षीया कृतिकुमारी खत्री, उनका भदाभाइ...बाँकी

पाँच करोड ठगी गरेको आरोपमा अस्पताल सञ्चालक पक्राउ

विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीलिका-१३ घर भइ...बाँकी

मनसुन एक साता ढिलो भित्रने

 यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । 'मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ,' उनले भने । मनसुन प्रवेश गर्नका लागि स्थानीय...बाँकी

बाल मनोविज्ञअधिकारी घुस रकम सहित पक्राउ

जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ। नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका अवस्थामा अख्तियार क्षेत्रीय कार्यालय बुटवलबाट गएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीलाइ विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट नगद रकम सहित...बाँकी

राप्ती रोडमा भेटिएका वृद्धको उपचारको क्रममा मृत्यु

हेटौंडा १० राप्ती रोडमा बेहोस अवस्थामा भेटिएका अन्दाजी ६८ बर्षीय एक वृद्धको उपचारकाको क्रममा हेटौंडा अस्पतालमा निधन भएको छ। सोमबार बिहान राप्तीरोडमा अचेत अवस्थामा भेटिएका उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्। निधन भएकाको पहिचान...बाँकी

अदालतकी बाल मनोविज्ञ १० हजार घुससहित रंगेहात पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको छ। नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला अख्तियारको बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले अधिकारीलाई विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट पक्राउ गरेको हो। अधिकारीमाथि थप अनुसन्धान भइरहेको...बाँकी

हावाहुरीसँगै परेको चटयाङ लागेर एकको मृत्यु

आइतबार साँझ आएको हावाहुरीबाट पर्साको ठोरी गाउँपालिकामा एक जना युवकको ज्यान गएको छ । ठोरी गाउँपालिका वडा नं मावली घरमा बस्दै आएका २१ वर्षका राजु बिष्टको ज्यान गएको हो । भैँसी चराउन गएका बेला हावाहुरीसँगै परेको चटयाङले लागेर बिष्टको ज्यान गएको हो । चटयाङले लागेर बिष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले...बाँकी