समाज

छोरीलाई करणी गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको...बाँकी

थाहाका दुई विद्यालय पुन निर्माणको अनुगमन

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले मकवानपुरका दुई विद्यालयको पुनर्निर्माणको अनुगमन गरेको छ । सोमबार मकवानपुरको थाहा नगरपालिकाका दुई विद्यालयको अनुगमन गरेको हो । अनुगमनको क्रममा थाहा नगरपालिका–९ मा रहेको जनक प्राविको दूई कोठे भवन समयमा नै सकिएको पाइएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको २३ लाख अनुदानमा...बाँकी

गणेश थापाका छोरा गौरव र अभिषेकले स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याए

अखिल नेपाल फुटवल संघका पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव र अभिषेकले ललितपुरको ढोलाहिटीमा स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याएका छन्। चार रोपनी क्षेत्रमा उनीहरुले ३ करोड ५० लाखभन्दा बढी खर्चेर अन्तराष्ट्रिय मापदण्डको स्पोर्टस कम्प्लेक्स निमार्ण गरेका हुन्। मंगलबारबाट फुटसल र स्वीमिङ संचालनमा आएको छ। एक्टिभ स्पोर्टस कम्प्लेक्स नाम दिइएको सो कम्प्लेक्समा...बाँकी

मुसाबाट सर्ने भाइरसबाट अफ्रिकी राष्ट्रमा एक नेपालीको मृत्यु

साबाट सर्ने रोग लागेर पूर्वी अफ्रिकामा कार्यरत एक नेपालीले जेठ तेस्रो हप्ता ज्यान गुमाएका छन्। कम्प्लिकेटेड लेप्टोपिरोसिस नामक रोग लागेर नवलपुरका सिमबहादुर गुरुङले २१ जेठमा ज्यान गुमाएका हुन्। गैरआवासीय नेपाली संघ सेसेल्सका अध्यक्ष आरपी पन्तका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि भिक्टोरियास्थित एक अस्पताल लगिएको थियो। उपचारकै क्रममा रहेका बेला ४८ वर्षीय...बाँकी

प्रदेश ३ को राजधानी र नामबारे चर्चा-परिचर्चा

प्रदेश ३ को राजधानी तथा नामको विषयले यतिखेर चर्चा पाइरहेको छ । हेटौंडाबाट राजधानी सार्ने वा हेटौंडा कायम गर्ने भन्ने विषयमा सांसदहरुका बिचमा चर्चा भइरहेको बेला नामको विषयले पनि स्थान पाएको छ । प्रदेशसभामा दर्ता भएका नाम तीनवटा छन् । गौरीशंकर, नेवा–ताम्सालिङ र नेपाल मण्डल राख्नुपर्ने भन्दै प्रदेशसभामा छुट्टाछुट्टै प्रस्ताव...बाँकी

१ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ

काभ्रे जिल्ला बनेपा नगरपालिका( १ नाला टुकुचाबाट १ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका सोमबार बेलुका ८ बजे छापा मार्नेक्रममा नगदसहित पाँचजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। उनले लुकिछिपी नाला टुकुचामा योग्रेन्द्र श्रेष्ठले तास खेलाइरहेको भन्ने सूचनाको...बाँकी

रुखबाट लडेर एक वृद्धको मृत्यु

 बझाङमा एक जनाको पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । जयपृथ्वी नगरपालीका वडा नम्बर १ का ६५ वर्षीय जोग बहादुर सिंह आईतबार विहान गाँउ नजिकैको जंगल चौड्यान दागाड्या खोलामा पशु चौपायाका लागि पाल काट्न गएका थिए । आईतबार बिहान पाल काट्न गएका सिंह साँझसम्म घर नफर्किएपछि सोमबार बिहान...बाँकी

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

 प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघरमण्डलदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले...बाँकी