समाज

शौचालय भत्किँदा दार्चुलामा ४ बालबालिकाको मृत्यु

दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए । विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९...बाँकी

बलात्कारको आरोपी मनहरीका शिक्षक जेल चलान

बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले शिक्षकसहित २ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले मनहरी गाउँपालिका-६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले...बाँकी

चित्लाङको होम स्टेमा पर्यटकको आकर्षण बढ्दै

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगरी थाहाको चित्लाङमा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय होमस्टेको विकासले गाउँ नै होमस्टे गाउँको रुपमा परिणत हुँदै गएको छ । थाहा नगरपालिका ९ नम्बरमा रहेको चित्लाङमा होमस्टे फस्ट्याउँदै गएको स्थानीय वासिन्दाले बताउँछन् । चित्लाङका होस्टे सञ्चालक बुद्धरत्न मानन्धरले पछिल्लो समय पर्यटकको संख्यामा...बाँकी

अनौठो सर्प सहित एक भारतीय पक्राउ

 अनौठो सर्पसहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतको भगालपुर भोलेनाथनगरी - १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको...बाँकी

दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित एक भारतीय पक्राउ

दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति विराटनगर-९ को एक होटलबाट भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया-७ घर भएका २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सो पेस्तोलको म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको...बाँकी

मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने

आउँदो श्रावणबाट नाम निकाल्न असफल भएका अस्थायी शिक्षकहरुको अवधी समाप्त हुने भएपछि मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने भएक छन् । मकवानपुरको सबै स्थानीय तहमा गरि १७३ जना अस्थायी शिक्षकले जागिर गुमाएको कारण अब नयाँ प्रक्रियाबाट ति स्थानमा शिक्षक नियुक्त गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय...बाँकी

पेट्रोलियम पाइपलाइनमा ठेकेदारको डोजर, पाईपलाईन क्षतिग्रस्त

भारतको डिपोबाट इन्धन भित्र्याउन ओछ्याइएको पाइपलाइनमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा स्काइभेटर खन्दा पाइपलाइनमा क्षति पुगेको हो। पाइपलाइनमा क्षति पुगेसँगै  निर्धारित समयभन्दा केही ढिलो गरी  पाइपलाइनबाट इन्धन आउने सम्भावना बढेको छ। वीरगञ्ज–पथलैया व्यापारिक सुधार आयोजना अन्तर्गत ठेक्का पाएको सपना निर्माण सेवाका कर्मचारीको लापरबाहीले परवानीपुरस्थित दिल्ली पब्लिक स्कुलको अगाडि पाइपलाइनमा...बाँकी

लोक सेवाले नौ हजारका लागि गरेको विज्ञापनमा अहिले नै ८२ हजारको आवेदन

स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार...बाँकी