मकवानपुर — बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवार वाग्मती प्रदेश सरकारले राहतस्वरुप प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशको १३ जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका आर्थिक मामिला तथा योजना मन्त्री कैलशाप्रसाद ढुंगेलले जानकारी दिए ।...बाँकी
आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने १० बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी युवराज तिमिल्सिनाले बताए । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारका क्रममा रत्नहरि...बाँकी
बुहारी हत्या आरोपमा पक्राउ परेका ससुरा र नन्दलाई सरकारी वकिल कार्यालय मकवानपुरले आजीवन कैद सजायको माग दाबी गर्दै आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या आरोपित पाँच जनामाथि अभियोग पत्र दर्ता भएको हो । ५८ वर्षीय ससुरा प्रकाश थापा र...बाँकी
आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।बाँकी
हेटौंडाका २६ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौडा उपमहानगरपालिकाले संचालन गरेको कोभिड १९ रोकथाम गर्न बनेको हेटौडा–४ कर्रामा रहेको आईसोलेसनबाट कोरोना जाँच गरिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौडा उपमहानगरपालिका वार्ड नंम्बर–१४ का युवकमा कोरोना संक्रमण भएको आज बेलुका मात्र पत्ता लागेको हो ।...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा नारायणगढ सडकखण्डको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा गत असार १७ गते ५ किलो अफिम सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । १७ गते विहान करिब ४ बजे मनहरीबाट हेटौंडातर्फ आइरहेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकल चढी आएका दुईजनाले प्रहरी देख्नेवितिकै मोटरसाइकल रोकेर आफुले बोकी...बाँकी
आजका आधुनिक मानिसका पुर्खाहरूले बितेको ७० हजार वर्षमा अनेकन महामारी खेप्दै, त्यससँग जुध्दै, बाँचेका केही संख्याले जनसंख्या बढाउँदै र अघि बढ्दै गए । र, हामी आजको समयमा आइपुगेका छौं । यो क्रममा मानिसका कैयौं थरी पुर्खाको कुनै समूह नष्ट भएको छ । एउटा वातावरण, हावापानी, परिवेशमा अभ्यस्त समूह एक ठाउँबाट...बाँकी
धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भन्नुभयो, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।”...बाँकी