खेलकुद

सिङ्गापुरलाई नेपालको ३२७ रनको विशाल लक्ष्य

 मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो । नेपालका...बाँकी

‘क्लब हिरो’ लाम्पार्ड चेल्सीका नयाँ म्यानेजर

फ्राङ्क लाम्पार्ड प्रिमियर लिग क्लब चेल्सीका नयाँ म्यानेजर नियुक्त भएका छन् । माउरिजियो सारीले क्लब छाडेपछि क्लबका पूर्व खेलाडी समेत रहेका लाम्पार्ड नयाँ म्यानेजरका रुपमा नियुक्त भएका हुन् । लाम्पार्ड यसअघि डर्बीको म्यानेजर रहेका थिए । डेली मेलका अनुसार चेल्सीले लाम्पार्डलाई भित्र्याउन ४० लाख पाउण्ड खर्च गर्नु परेको छ । चेल्सीमा...बाँकी

फिफा महिला विश्वकप : अमेरिका उपाधि नजिक

एलेक्स मोर्गनले गरेको निर्णायक गोल मदतले अमेरिकाले मंगलबार फिफा महिला विश्वकपमा नाटकीय सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएको छ । खेलको अन्त्यतिर गोलरक्षक एलेसा नेहरले पेनाल्टीमा गोल हुन जोगाएपछि अमेरिकाले फाइनल यात्रा तय गरेको हो । आफ्नो ३० औं जन्मदिन मनाइरहेकी उपकप्तान मोर्गनले आधा घण्टाको खेलपछि हेडबाट खेलको निर्णायक गोल गरिन् । यो उनको...बाँकी

उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीले जितेकी छन् । उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै उत्कृष्ट महिला खेलाडी बनेकी हुन् । नेपाल महिला साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सर्वाधिक गोल गरेकी...बाँकी

वेस्टइन्डिजमाथि श्रीलंकाको सान्त्वना जित 

श्रीलंकाले सोमबार विश्वकपको रोमाञ्चक खेलमा वेस्ट इन्डिजमाथि २३ रनको जित हात पारेको छ। यहाँ भएको खेलअगाडि नै दुवै टोली इंग्ल्यान्ड र वेल्समा जारी प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिइसकेका थिए । दुवैका लागि यो खेल प्रतिष्ठामा मात्र केन्द्रित थियो । निकोलस पूरनले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए पनि वेस्ट इन्डिजलाई विजय दिलाउन सकेनन् ।...बाँकी

झिनो आशामा श्रीलंका

पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारले श्रीलंकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको थियो । टोलीको यात्रा अझै सकिसकेको भने छैन । श्रीलंकाले सोमबार १० टोली सम्मिलित एकदिवसीय विश्वकपको लिग चरणमा आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग खेल्दै छ । सेमिफाइनल दौडबाट यसअघि नै बाहिरिसकेको वेस्ट इन्डिजका लागि गुमाउनु केही छैन । अघिल्लो साता इंग्ल्यान्डलाई २०...बाँकी

विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा

  काठमाडौं : सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो । कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् ।...बाँकी

मकवानपुरका अर्याल केन्द्रीय सदस्य

हेटौंडाः नेशनल सोतो कराँतेको केन्द्रीय सदस्यमा मकवानपुरका गणेश प्रसाद अर्याल चयन भएका छन् । ललितपुरमा आज भएको अधिवेशनबाट  हेटौंडा– ५ का अर्याल केन्द्रीय सदस्यमा चयन भएका हुन् । नेशनल सोतो कराँतेको पहिलो अधिवेशनबाट बलबहादुर कुँवरको नेतृत्वमा ११ जना केन्द्रीय समिति चयन भएको अर्यालले बताएका छन् । अर्याल यस अघि नेशनल...बाँकी