खेलकुद

विश्वकपमा ह्याट्रिकको इतिहास

गएराति भारत र अफगानिस्तानको बिचको खेल अपेक्षा विपरित रोमाञ्चक बनेको थियो । प्रतियोगितामा एक खेलमा पनि नहारेको भारत र पाँचै खेलमा पराजित भएको अफगानिस्तान बिचको खेल एकपक्षिय हुने विश्लेषण गरिएको थियो । यसको विपरित अफगानिस्तानले भारतलाई हराउने अवस्थामा पुग्न सफल भएकोे थियो । यस प्रतियोगितामा दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तान...बाँकी

राईडर्स क्लवको अध्यक्ष फेरी ताम्राकार

हेटौंडा ;  हेटौंडा राईडर्स क्लवको अध्यक्षमा फेरी पनि विकास ताम्राकार चुनिएका छन् । हेटौंडा भएको दोस्रो साधारणसभाबाट ताम्राकारको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा युद्धबहादुर थापा, सचिव दिनचन्द्र पौडेल, सहसचिव सागर श्रेष्ठ र कोषाध्यक्ष विरेन्द्र बज्राचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्योति काफ्ले, दिपिका मोक्तान,...बाँकी

मिसन सिंगापुर : उत्साहित छन् खेलाडी

 टी–२० विश्वकप २०१४ मा डेब्यू गर्दा नेपालले सहभागिता मात्र जनाएन, उदीयमान क्रिकेट राष्ट्रका रुपमा आफूलाई प्रस्तुत गर्‍यो । हङकङ र अफगानिस्तानलाई हराएको नेपालले टेष्ट खेल्ने देश बंगलादेशलाई पनि राम्रै चुनौती दियो । तर क्रिकेटको घरेलु विवादमा रुमलिएको नेपालले अर्को पटक विश्वकपमा स्थान नै बनाउन सकेन । नेपाललाई अब फेरि विश्वसामू...बाँकी

विश्वकप क्रिकेट : भारतलाई अर्को झड्का, भुवनेश्वर कुमारले २/३ खेल गुमाउने

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेटमा अपराजित रहेको भारतलाई अर्को झड्का लागेको छ। चोटका कारण यसअघि ओपनर शिखर धवन दुई देखि तीन साताको लागि टिम बाहिर भएका छन्। भारतलाई फेरी खेलाडीको चोटले सताएको छ। टिमका मुख्य बलर भुवनेश्वर कुमार पनि चोटका कारण करिब ३ खेल गुमाउने भएका छन्।...बाँकी

प्रदेश ३ मा खेल मैदानको लागि ६८ करोड ४० लाख बजेट

हेटौंडाः प्रदेश ३ मा खेलमैदानको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट छुटट्याएको छ । प्रदेश ३ को रंगशाला, कवर्डहल र खेल मैदान निर्माणको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । साथै प्रदेशभित्र एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशभित्र ४८ वटा...बाँकी

बुद्धिचाल संघ मकवानपुरमा तिमल्सिना

हेटौंडाः नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा माधव तिमल्सिना चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको भेलाले सर्वसम्मत रुपमा तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुशिल तण्डुकार, उमेश सिग्देल, सुजनसिँह ठकुरी,...बाँकी

इङ्‍ल्याण्डको पहिलो सफलता

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको वेष्ट इन्डिजले पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर इभिन लेविइसलाई २ रनमा गुमाएको हो । आयोजक इङ्ल्याण्डलाई पहिलो सफलता दिलाउने क्रममा क्रिस वोक्सले लेविइसलाई बोल्ड गरेका थिए । साउथह्याम्पटनस्थित द रोज बलमा...बाँकी

फिफा वरीयतामा नेपाल चौथो स्थान तल स्थान तल

फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६१औं स्थानमा थियो। समग्रमा चार स्थान तल झरेको नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०१औं...बाँकी