खेलकुद

ताईपेईसँगको खेलमा १-१ को बराबरीमा रोकियो नेपाल

नेपाल बिहीबार चाइनिज ताइपेइसँग बराबरीमा रोकिएको छ। मैत्रीपूर्ण खेलमा नेपाल र चाइनिज ताइपेइ एक एक गोलको बराबरीमा रोकिएका हुन्। सो खेलमा पहिलो अग्रता भने चाइनिज ताइपेइले लिएको थियो। खेलको ४० औं मिनेटमा चुङचिङले घरेलु मैदानमा गोल गरेका थिए। नेपालले भने बराबरी गोल खेलको ६९ औं मिनेटमा फ्रकाएको थियो। नेपालका लागि...बाँकी

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा

युईएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । स्वीट्जरल्याण्ड विरुद्धको उक्त खेल ३–१ गोल अन्तरले जित्दै पोर्चुगल फाइनलमा प्रवेश गरेका छ । बुधबार राति पोर्टोमा भएको उक्त खेलको २५ औं मिनेटमा फ्रि किकमा गोल गर्दै रोनाल्डोले आफ्नो टोलीलाई अग्रता दिलाए । पहिलो हाफका बाँकि समयमा...बाँकी

अन्तर्राष्ट्रिय खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ । यसअघि नेपालले मलेसियासँग उसैको...बाँकी

फुटबलका यी नियम विश्वभर परिवर्तन हुँदै

विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी  इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो । १. फ्रिकिक: आक्रमणका...बाँकी

चेम्जाेङले छाडे मालदिभ्सकाे टीसी स्पाेर्ट्स क्लब

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ र मालदिभ्सको टीसी स्पोर्टससँगको सम्झौता रद्द भएको छ । दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेको किरणसँगको सम्झौता क्लबले रद्द गरेको हो । नेपालले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरणले जाने निधो गरेपछि क्लवले उनको सम्झौता तोडेको हो । किरण र टीसी स्पोर्टसबीच मौखीक रुपमा...बाँकी

१२ औं एक दिवसिय क्रिकेट विश्वकपमा आज इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

बिहिबारबाट सुरू हुने १२ औं एक दिवसिय क्रिकेट विश्वकपको बुधबार लण्डनमा उद्घाटन गरिएको छ। प्रतियोगिताको लण्डन मल बाहिर उद्घाटन भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन रंगशालामा हुने गरेकोमा पहिलो पटक प्रतियोगिताको उद्घाटन रंगशाला बाहिर गरिएको हो। विश्वभरबाट छनौट गरिएका ४ हजार व्यक्तिलाई भेला पारेर यसपटकको विश्वकप उद्घाटन गरियो। उद्घाटनअघि विश्वकपमा सहभागी...बाँकी

 आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन

आज अर्थात् बुधवार आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन हुँदैछ । इंग्ल्याण्डको वेल्समा आयोजना हुन लागेको क्रिकेकटको यस महाकुम्भमा शीर्ष १० राष्ट्रले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन लंडनको 'द मल'मा हुनेछ । पहिलो खेल भोलि मे ३० मा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । बताइएअनुसार उद्घाटन समारोहमा लगभग ४ हजार...बाँकी

पिएम कप : मा प्रदेश दुईको पहिलो जित दर्ता

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित दर्ता गराएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो । प्रदेश दुईको जितमा हरिशंकर शाहले...बाँकी