खेलकुद

कोलकाताले ८ विकेटले हराएयो राजस्थान रोयल्सलाई

आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । सुनिल नरेनको अलराउन्डर प्रदर्शन र क्रिस लिनको धमाकेदार ब्याटिङ मद्दतमा कोलकाता नाइटराइडर्सले आईपीएल क्रिकेटमा चौथो जित हात पारेको हो। यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । कोलकाताका लागि आईपीएलको जारी १२ संस्करणको पाँचौ म्याचमा चौथो...बाँकी

स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता राजधानीमा हुने

 राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ फिटनेस फस्र्ट क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा विभिन्न पाँच वजन...बाँकी

एक मिनेटमै २ गोल गरी बार्सिलोनाले हरायो एथ्लेटिको मड्रिडलाई

शनिबार  भएको खेलमा स्पेनिस ला लिगा फुटबल अन्तर्गत दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले दोश्रो स्थानको एथ्लेटिकोसँग ११ अंकको दुरी कायम गरेको छ । खेलको ८५ औँ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको एक मिनेटमै कप्तान लियोनल मेस्सीले ८६ औं गोल...बाँकी

खराब मौसमको कारण राकिएको मातृभूमी कप ३० गते शनिबार हुने

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चैत २३ गते शनिबार हुने खराब मौसमका कारण स्थगित गरिएको खेल चैत्र ३० गतेको लागि सारिएको छ । चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थमा आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको हो । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले सूचना सार्वजनिक...बाँकी

रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित

जिनेदिन जिदानले गारेथ बेललाई बुधबार राति स्पेनी ला लिगामा सुरुदेखि खेलाएनन्  । उनको रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित रह्यो  । म्याड्रिड – जिनेदिन जिदानले गारेथ बेललाई बुधबार राति स्पेनी ला लिगामा सुरुदेखि खेलाएनन् । उनको रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित रह्यो । कमजोर खेलेको रियल हारका लागि हकदार...बाँकी

युथ–१९ राष्ट्रिय टोलीका पूर्वखेलाडी सुशान्त अष्ट्रेलिया जादैँ

मकवानपुर युवा क्लबका चर्चित युवा फुटबलर सुशान्त लामा अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । पछिल्लो समय मकवानपुर जिल्लाका क्लब एफसी इन्टरनेटका कप्तान समेत थिए रहेका हेटौंडा–१०, बसपार्कका लामा वैदेशिक अध्ययनका लागि त्यसतर्फ जान लागेको हुन् । लामा युथ–१९ राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । उनी चैत्र २७ गते त्यसतर्फ प्रस्थान...बाँकी

महान फुटबलर पेले हस्पिटलमा

महान फुटबलर पेले पछिल्लो समय स्वास्थ्य सम्बन्धी समस्याले ग्रस्त छन् । ब्राजिलका प्रशिद्ध फुटबलर पेलेलाई पिसाब सम्बन्धी संक्रमण भएपछि पेरिसको हस्पिटलमा भर्ना गरेको खबर बाहिरिएको छ । ७८ वर्षिय पेलेलाई अहिले औषधीहरु दिइएको र करिब दुई दिनपछि डिस्चार्ज गर्न सकिने बताइएको छ । तीन वटा विश्वकप जिताउने एक मात्र खेलाडी...बाँकी

ओलम्पिक खेलकुद :- नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्ने

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको छ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ : १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ । दोस्रो खेलमा...बाँकी