विश्व

छोटो स्कर्ट लगाउँदा जागिर गुमाइन यि युवतीले

पोषाकका कारण कामुकपना देखाएको आरोपमा एक नर्सले जागिर गुमाउन पुगेकी छिन् । बिरामीको सेवामा भन्दा कामुक पहिरनमा बढी ध्यान दिएको भन्दै थाइल्यान्डस्थित इसान शहरकी २६ वर्षिया पेंग च्याटस्री नामक नर्सलाई एक नीजि अस्पतालले कारवाही गर्दै जागीरबाट निकालेको हो । पेंग च्याटस्रीले ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा...बाँकी

फिलिपिन्समा ६.२ म्याग्नेच्युडको भुकम्प, मृत्यु हुनेको संङ्ख्या ११, २४ जना बेपत्ता

मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव...बाँकी

चर्चाले भरिएको एडेलको सम्बन्ध विच्छेद

विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेको खवर अहिले सबैको चर्चाको बिषय बनेको छ । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिए लगत्तै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बिषयले चर्चा पाएको हो । जारी वक्तव्यमा एडेल...बाँकी

कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला होटलमा बम बिस्फोट, १३८ जनाको मृत्यु, ४०० भन्दा बढी घाईते

श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो । इसाई धर्मावलम्बीहरुले...बाँकी

भारतको दोस्रो चरणको चुनावमा एक हजार ६ सय ४४ उम्मेदवार मैदानमा

भारतमा लोकसभा चुनावको दोस्रो चरण अन्तरगत बिहिवार देशभरका १२ राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भइरहेको छ । आजको मतदानबाट ९६ वटा लोभसभा सिटहरुको फैसला हुनेछ । दोस्रो चरणमा आसाम, बिहार छत्तिसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, मुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका सिटहरुमा मतदान भइरहेको...बाँकी

भेनेजुएलामा चिहाननै असुरक्षित, चिहानमै लुटपात

  राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ । त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको विविसीले जनाएको छ । लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ । आपराधिक समूहहरू चिहानमा सुनको दाँत र...बाँकी

२१ तालिबान सशस्त्र मारिए, २१ गाउँ पुनः नियन्त्रणमा

अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको...बाँकी

मानसिक रोगी: जथाभावी छुरा प्रहार गरी ५ जनाको हत्या

 दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तिमा ५ जना नागरिकको हत्या गरिएको छ । मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । अरु १३ जना छुरा प्रहारबाट घाइते भएका छन् । एक जना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको...बाँकी