स्वास्थ्य र जीवनशैली

थाहा नगरका एकजनामा कोरोना संक्रमण

 मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरवबाट केही दिन अघि मात्र घर फर्किएका ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका पुरुषलाई अहिले आइसोलेसनमा...बाँकी

मकवानपुरमा हालसम्म ३२ जनामा कोरोना संक्रमण

मकवानपुर जिल्लामा हाल सम्म ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बिभीन्न स्थानीय तहमा गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो । हेटौंडा, चितवन, काठमाण्डौ लगायतका स्थानमा राखिएका प्रयोगशालामा पीसीआर परिक्षणका...बाँकी

राक्सिराङका अधिकांश ठाउँका मकैबारीमा बाँदर आतकं

 कुमारी स्याङ्बो राक्सिराङ गाउँपालिका वडा नम्बर १ का रमेश स्याङतानले १५÷१६ रोपनी बारीमा अन्न खेती गर्छन् । यतिबेला मकैले घुँगा हालेको छ । दुधालु मकै कोपर्न बाँदरले बल गर्छ । ‘जहाँ मकै खेती छ, त्यहीँ बाँदरको बगालै जान्छ,’ उनले भने, ‘दुःख गरेर मकै फलाएँ, बाँदरबाट जोगाउनै मुस्किल छ ।’ मकै...बाँकी

मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना

मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना भएको छ । थाहा नगरपालिकाको थानाबजारमा शनिबार दिउसो सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।हेटौडाबाट थाहा नगर जाँदै गरेको गरेको प्रदेश ३. ०१. २२च६६३. नम्बरको कार दुर्घटना भएको हो। दुर्घटना परी कारमा सवार तिन जना घाइते भएको र उनिहरुलाइ उपचारको लागि पालुङ्ग प्राथामिक...बाँकी

मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौँडा क्याम्पसले ग¥यो माक्स वितरण

मदन भण्डारी स्र्पोट्स एकेडेमी हेटौँडा क्याम्पस कमिटिले आज हेटौँडामा विना माक्स हिडने सर्वसाधरण तथा साबरी चालकहरुलाई माक्स वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै एकेडेमीले आज हेटौँडाको विभिन्न स्थानमा पुगेर ५ सय माक्स र ग्लब्स वितरण गरेको हो । कोरोना संक्रमणको कारण सरकारले जारी राखेको लकडाउनबिच पनि...बाँकी

म्याग्दीमा बाढीपहिरोबाट मृत्यु हुने २७ पुगे

भारी वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरामा मृत्यु हुनेको २७ पुगेको छ । धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या शनिबार २७ पुगेको हो । पशुचौपायालगायत अन्य क्षति बारे लेखाजोखा हुन सकेको छैन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शनिबार राति साढे ८ बजेसम्मा २७ जना व्यक्तिको...बाँकी

मैले यसरी कोरोनालाई जिते

  बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै...बाँकी

हेटौंडाका होल्डिङ सेन्टरबाट २ सय ४४ ले सेवा लिए

हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आजसम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ सेन्टरले २४४ जनालाई सेवा दिएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज होल्डिङ सेन्टरबाट १७ जनालाई स्थाानिय तहले निमार्ण गरेको क्वारेनटाइनमा पठाइएको छ ।...बाँकी