विविध

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प

काठमाडौं– मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार विहान ९ बजेर २ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौंलगायत मकवानपुर आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। यो नयाँ भूकम्प नभइ २०७२ साल वैशाख १२ गते गएको...बाँकी

थाहा नगरमा ट्रकमा आगजनी, विप्लवको कार्यकर्तामाथि आशंका

हेटौंडा–मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । राती करिब एक बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै...बाँकी

ट्याक्टर दूर्घटनाद हुँदा दुईजनाको मृत्यु

सल्यान – सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको थियो ।  दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४...बाँकी

वैशाखसम्ममा अमलेखगञ्जमा पाइपबाट तेल

सिमरा – मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिवाकर भण्डारीले लेखेका छन् । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो...बाँकी

आज मात्र मौसम खुल्ने, भोलिदेखि फेरि वर्षा

काठमाडाैं - गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार आज मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ ।...बाँकी

समितिको बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना

काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक...बाँकी

यस्तो थियो ताप्लेजुङ दूर्घटनाको कारण

काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने...बाँकी

सिमभन्ज्याङ क्षेत्रमा भारी हिमपात, सडक र विद्युत् अवरुद्ध (हेर्नुहोस् फोटो फिचर)

हेटौंडा–केहीदिनदेखि मौसममा फेरबदल आएसँगै मकवानपुरको सिमभन्ज्याङ क्षेत्रमा भारी हिमपात भएको छ । समुद्री सतहबाट २४८८ मिटर उचाईमा रहेको सिमभन्ज्याङमा योवर्षकै सबैभन्दा धेरै हिमपात भएको छ । आज बिहान ३ बजेदेखि सुरु भएको हिमपातका कारण त्रिभुवन राजपथ हुँदै आवतजावत गर्ने सवारी साधन ठप्प भएको स्थानीय बसिफाँट माविमा अध्यापनरत शिक्षक यश लामाले...बाँकी