विविध

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने यो अनौठो फूल !

सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा...बाँकी

नेपालमा पब्जी खेल प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी...बाँकी

जेब्रा क्रसिङमा यात्रुलाई प्राथमिकता नदिने सवारी माथि कारवाही हुने, ‘यौन दुव्र्यवहार गरे बर्खास्त’

 काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र...बाँकी

अब सातैवटा प्रदेशमा कम्पनी रजिष्टार कार्यलयको शाखा

अब प्रदेश तीनमा पनि रजिष्ट्रार कार्यलयको शाखा खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ। प्रदेशगत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय हुँदा यसबाट व्यवसायी लाभान्वित हुने मन्त्रालयले जनाएको छ। उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने...बाँकी

अझै दुईदिनसम्मै बर्षा हुने, पूर्वी र मध्य तराईमा हुरीबतासको सम्भावना

 मौसम पूर्वानुमान महाशाखाका अनुसार, मंगलबार हिमाली भेगमा हिमपातको समेत सम्भावना छ । बुधबार बिहान भने वर्षाको सम्भावना नरहेको मौमसी बुलेटिनमा उल्लेख छ । यद्यपि, अपराह्नपछि भने मेघ गर्जनसहित हल्का वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ । पूर्वी तथा मध्य तराईमा आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ...बाँकी

प्रहरीलाई हतियार लुकाइएको ठाँउको सुचना, हतियार होइन बम भेटीयो

 ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटीएको छ । सोमबार बिहानै प्रहरीलाई सूचना आयो, ‘बसुन्धराको ओसिस क्याफे पछाडि रहेको घरमा ठूलो परिणाममा हतियार लुकाइएको छ ।’ विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै अवैध हातहतियारको खोजमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोली अपरेशनमा खटियो भने काठमाडौं प्रहरी परिसर, टेकु पनि सम्पर्कमा...बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान मार्फत ठेक्का सम्बन्धि दुई फाईल नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार ठेक्का सम्बन्धि दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी...बाँकी

मौसम पूर्वानुमान महाशाखा : तीन दिनसम्म बर्षा र हिमपातको सम्भावना

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने...बाँकी