राजनीति

सरकारले काम भन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको सभापति देउवाको आरोप

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधि काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए । मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गर्नुको सट्टा दोषीलाई नै संरक्षण दिने र जोगाउने काम...बाँकी

विप्लव निकटकालाई पनि राष्ट्रपतिले दिइन् विभुषण

काठमाडौं– ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्। विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन्...बाँकी

सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेता यादवले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको व्यवहार सबैलाई गर्न बाध्य बनाउने गरी आफ्नो पार्टीले वैचारिक अभियानको नेतृत्व गर्न चाहेको पनि बताए । उनले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखी बनाउन अन्य दलहरुसँग पनि...बाँकी

एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस

 राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको...बाँकी

विप्लव समूहको सदस्य भएको आरोपमा रसुवाली पक्राउ

रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ परेका गरेको छ । उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । तिम्सिना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोपमा पक्राउ परेका हुन् । उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु...बाँकी

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन्। भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो अप्रिल २५ देखि हुनलागेको शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्। परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन्। यद्यपी उनको भ्रमणको आधिकारिक कार्यक्रम सार्वजनिक...बाँकी

‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’

प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा विवेकशील साझा पार्टीले प्रर्दशन गरेको छ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेको हो । उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको...बाँकी

अब व्यवस्थित सात सहर थपिने

अब मध्य पहाडी, हुलाकी लोकमार्गमा र तराई–मधेसमा व्यवस्थित, सुविधायुक्त, आधुनिक प्रविधियुक्त सहर बनाउने प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ । सरकारले मध्य पहाडी र हुलाकी राजमार्गमा थप ७ वटा व्यवस्थित सहर निर्माण गर्ने भएको छ । यसअघि मध्य पहाडी र हुलाकी राजमार्गमा १०/१० वटा सहर निर्माण गर्ने तय भएको थियो । अब मध्य...बाँकी