भारतमा लोकसभा चुनावको दोस्रो चरण अन्तरगत बिहिवार देशभरका १२ राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भइरहेको छ । आजको मतदानबाट ९६ वटा लोभसभा सिटहरुको फैसला हुनेछ । दोस्रो चरणमा आसाम, बिहार छत्तिसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, मुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका सिटहरुमा मतदान भइरहेको...बाँकी
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को आधार बनार्य पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासङ्घले उक्त दफा खारेजीको माग गरेको छ । महाङ्घले विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज...बाँकी
हेटौंडा– विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा मकवानपुरमा दुई वटा सवारीमाथि आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गएराति कुखुरा बोक्ने बोलेरो र बिहान भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने आइचरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । ३ नम्बर प्रदेशको सुरक्षा गोष्ठी हेटौंडामा भएको र गृहमन्त्री रामबहादुर थापा बादलले बोलेको प्रसङ्गलाई सबै पत्रिकाले पहिलो प्राथमिकताका साथ छापेका छन् । प्रदेश ३ को स्थायी राजधानी र नामाकरण नटुङ्गिएको भन्दै प्रदेशसभा सांसदले...बाँकी
हेटौंडा: ३ नम्बर प्रदेश सरकारले बारा र पर्षाका हावाहुरी पीडितको आवास निर्माणका लागि १ करोड रुपैया हस्तान्तरण गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुर पुगेर हस्तान्तरण गर्नुभएको हो । सरकार मार्फत हावाहुरी पीडितलाई आवास निर्माणका लागि यश अघि ३ नम्बर प्रदेशको...बाँकी
गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य राम बहादुर थापा (बादल) ले पार्टी एकता ढिलाई भएको देखेर बर्तमान राज्य व्यवस्था उल्ट्याउने सपना देखेकाहरुको योजना बिफल बनाइने बताएका छन् । ‘पार्टी एकता भाड्ने, सरकार असफल बनाउने र बर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई असफल बनाउनेगरी सत्रुहरु लागेका छन्’, बुधबार दिउँसो हेटौंडामा पार्टी...बाँकी
राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटारको ललिता निवासको जग्गामा झण्डा गाड्न गएका उनीहरुलाई , प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको हो। भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि...बाँकी
गृहमन्त्री रामबहादुर थापा (बादल) ले बिप्लव समुहलाई मुलधारको राजनीतिमा ल्याउन प्रयत्न जारी रहेको बताएका छन् । हेटौंडामा जारी दुई दिने तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा आज बिहान सञ्चारकर्मीहरुसँग बोल्दै थापाले बिप्लव समुहमाथि प्रतिबन्ध लगाएपनि बार्ताको ढोका खुल्ला रहेको बताएका हुन् । कानून बमोजिम नै बिप्लव समुहमाथि प्रतिबन्ध लगाएको उनले...बाँकी