राजनीति

सफाइमा जुटे मुख्यमन्त्री र मन्त्रीहरु

प्रदेश ५ को स्थापना दिवसमा मुख्यमन्त्री र मन्त्रीहरु सडक सफाइमा जुटेका छन्  । पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाइ थालिएको हो । प्रदेश सरकरको स्थापनाको पूर्व सन्ध्यामा बिहीबार पूर्वपश्चिम महेन्द्र राजमार्ग सफाइ गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेल बुटवल क्षेत्रको सरसफाइ अभियानमा सहभागी भए । बुटवलको पाखापानीबाट कुचो...बाँकी

अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !

घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’,...बाँकी

प्रधानमन्त्री ओलीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय उद्घाटन गरेका छन् । सरकारले नेपाली पानीजहाज चलाउने उद्देश्य पूरा गर्नका लागि ललितपुरको एकान्तकुनामा कार्यालय खोलेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत कार्यालय रहने छ ।यसअघि मन्त्रिपरिषद् बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार कार्यालयमा उपसचिवको नेतृत्वमा १६...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी र नामाकरणमा ढिलाईले प्रदेशसभा कामबिहीन

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणमा ढिलाई हुँदा प्रदेशसभाले बिजनेश नपाएको, उपमेयरकप भलिबल प्रतियोगितामा हेटौंडा १४ र १७ नम्बर वडाले जितेको, रामबहादुर बम्जन प्रकरणमा अनुसन्धानमा पीडितको शंका, मकवानपुर प्रहरी प्रमुखमा सिंह, बानियाँले राईगाउँ...बाँकी

सरकारले काम दिन सकेन भने अब भत्ता पाइन्छ

काठमाण्डौ – देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ ।  राष्ट्रिय सभागृहमा भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले यो कार्यक्रमले देशभित्रै युवाले रोजगारी पाउने मात्रै नभै विकास निर्माणका आयोजनाले पनि नेपाली कामदार पाउने दाबी गर्नुभयो ।  बुधबार...बाँकी

कसले कुन अवस्थामा पाउँछ बेरोजगार भत्ता ?

सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ । सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको...बाँकी

पसिना बगाउनेहरु अहिले पनि अपहेलित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् । पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था रहेको उनले बताए । श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै रहेको भन्दै उनले यो विकासका लागि बाधक हुने...बाँकी

सहिदहरुको सपनामाथि होलि खेलिरहेको प्रचण्डको आरोप

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ। सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र...बाँकी