राजनीति

झुरझुरे भिडन्तका घाईतेलाई सम्मान

मकवानपुरको पूर्वी क्षेत्र झुरझुरेमा भएको भिडन्त १३ औं बर्ष प्रवेश गरेको अवसरमा सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ स्थित झुरझुरेमा कार्यक्रम आयोजना गरि घाईते भएकालाई सम्मान तथा सदाहत प्राप्त गरेकालाई श्रद्धाञ्जली प्रदान गरिएको हो । नेकपाका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख अतिथ्य...बाँकी

स्थानीय पत्रपत्रिकाः मेयर महतको अपरिपक्व निर्णय, शिलान्यास गरेकै भोलिपल्ट पुरियो तौलपुलको खाल्डो

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको अदूरदर्शी निर्णय र त्यसको स्थानीयले गरेको विरोधसम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेका छन् । हेटौंडा १० स्थित बसपार्कमा तौलपुल निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेको भोलिपल्टै स्थानीयले बिरोध जनाएपछि बसपार्कको बीचमा खनिएको खाल्डो पुरिएको हो ।...बाँकी

सँगै मिलेर काम गर्ने वातावरण भएन : रञ्जु दर्शना

विवेकशिल साझा पार्टीकी पुर्व केन्द्रीय सदस्य रञ्जु दर्शनाले पार्टीमा भएको समस्या दिनानुदिन बढ्दै गएको कारण पार्टी विभाजन भएको बताएकी छिन् । न्युज क्लब नेपाल हेटौँडाको आयोजनामा आज भएको अन्तरक्रियामा बोल्दै निर्माणधिन विवेकशिल नेपाली दलकी नेता समेत रहेकी दर्शनाले रविन्द्र मिश्रले एकलौर्टी पार्टी सञ्चालन गर्न खोज्दा पार्टी विभाजन भएको बताईन् । उनले भनिन्...बाँकी

तरुणदलले सातै प्रदेशमा प्रर्दशन गर्ने

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले सातै प्रदेशमा वृहत प्रर्दशन गर्ने भएको छ । हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै तरुणदलका जिल्ला अध्यक्ष इश्वर पाठकले कार्यक्रम बारे जानकारी दिएका हुन् । कम्यूनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी वाइडबडी खरीदमा अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको विरोधमा सातै प्रदेशमा...बाँकी

संसद बैठक फेरि बिथोलियो

 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक फेरि बिथोलिएको छ । सभामुख कृष्ण बहादुर बहराले मंगलबार पहिलोपट १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक काँग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको छ। दोस्रो बैठक प्रारम्भ हुनासाथ सभामुख महराले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई चिकित्सा राष्ट्रिय शिक्षा...बाँकी

काँग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको हो । नेपाली काँग्रेसका नेताका नाममा रहेका अस्पताललाई...बाँकी

रोकिएको प्रतिनिधि सभा बैठक आज ३ बजे बस्दै

 सोमबार काँग्रेस गरेको विरोधका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो ३ बजे हुने भएको छ । अनसनरत डा केसीको माग पुरा गराउनुपर्ने माग सहित प्रतिपक्षीले विरोध गरेपछि सोमबारको संसद् बैठक अबरुद्ध भएको हो । अन्तिमसम्म पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने प्रयासमा रहेका सभामुख महराले सोमबारको बैठकमा प्रतिपक्षीसँग...बाँकी

३८ सय किलो सुन तस्करी :- सनम शाक्य प्रकरणमा प्रहरीपछि न्यायाधीशभित्र पहिरो

३८ सय किलो सुन तस्करी र सनम शाक्य प्रकरणमा प्रहरीपछि न्यायाधीशभित्र पहिरो चल्न थालेको छ। न्याय परिषद्ले सोमबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेललाई काजमा हाजिर गराएसँगै प्रहरी उच्च अधिकारीपछि न्यायाधीश यो प्रकरणमा फसेका हुन्। न्यायिक इतिहासमा पहिलो पटक थुनछेक आदेश गरेको विषयमा यसरी छानबिन हुन लागेको हो।...बाँकी