राजनीति

कांग्रेसको विरोधबीच विधेयक पेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । १५ मिनेटका लागि स्थगित गरिएपछि बसेको दोस्रो बैठक शुरू हुनासाथ कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए   । कांग्रेस सांसदको विरोधका वाबजुद सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयक टेबुल...बाँकी

चिकित्सकहरूको रिले अनसन सुरु

सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघले आज सोमबारदेखि देशभरका स्वास्थ्यसंस्थामा रिले अनशन गर्न चिकित्सकहरूलाई आह्वान गरेको छ । १९ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीका माग पूरा गर्न १५औँ अनशनका क्रममा सरकारले गरेको सम्झौता कार्यान्वयन र डा केसीका माग पूरा गर्नुको साटो सरकार उल्टो दिशामा हिँडेको भन्दै उनको जीवनरक्षाका लागि...बाँकी

स्थानीय पत्रपत्रिकाः जनप्रतिनिधिलाई कानुन सिकाइँदै

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । जनप्रतिनिधिले कानुन बुझ्नु जरुरी, प्रदेश ३ मा ३ सय ९४ जना कुष्ठरोगीको विरामी रहेको तथ्याङ्क सार्वजनिक, सरकारले देशलाई नेकपाकरण गर्दै गरेको नेपाली काँग्रेसका नेताको आरोप, न्युनतम पारिश्रमिक माग गर्दै पत्रकार महासंघले मकवानपुरका सञ्चारगृहमा ज्ञापनपत्र बुझाएकोलगायतका...बाँकी

जनमतको अपमान गर्ने काम काँग्रेसले गरिरहेको छ :- मेयर शाक्य

 महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गरेका छन्। आइतबार सहिद सप्ताह कार्यक्रम अन्र्तरगत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम काँग्रेसले...बाँकी

डा. केसीको जिवन रक्षाका लागि चिकित्सकहरुको भेला हुने

१९ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको जीवनरक्षाका लागि उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुने भएको छ। नेपाल चिकित्सक संघले आइतबार दिउँसो १ बजेका लागि भेला बोलाएको हो। चिकित्सा क्षेत्रको सुधारको लागी डा. केसीको अनसन अझै पनि जारी रहेको छ ।बाँकी

प्रधानमन्त्री ओलीको पुत्ला दहन

प्रतिपक्षी दल कांग्रेसको विरोधबीच संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान काठमाडौंको पशुपति क्याम्पस अगाडि पुत्ला दहन गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। प्रधानमन्त्री ओलीको पुत्ला जलाउनुअघि...बाँकी

ओलीद्वारा नेपालप्रति पूर्वाग्रही नहुन विदेशी मित्रलाईआग्रह

जुरिच ११ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री...बाँकी

शिक्षा विधेयक २०७५ पारित

प्रमुख प्रतिपक्ष दल नपाली काँग्रेसका सांसदहरुको अवरोधकैबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । संसदमा प्रतिपक्षको चर्को विरोध भइरहेको समयमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले उक्त विधेयक पेश गरेका थिए । मन्त्री पोखरेलले पेश गरेको विधेयक सभामुखले छलफलका लागि प्रस्तुत गरेका थिए । तर छलफलमा कोही सांसदले बोल्न नचाहेपछि निर्णायर्थ...बाँकी