राजनीति

सरकारलाई कसैको रोकतोक छैन :- नेता पौडेल

काभ्रेपलाञ्चोक, १० पुस नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो ।...बाँकी

काँग्रेस महासमिति बैठक : कार्यकर्ताको आँखामा छारो, प्रतिपक्षलाई गाली !

काठमाडौँ– नयाँ ऊर्जा, नयाँ नीति र नयाँ कार्यदिशाको अपेक्षासहित मङ्सिर अन्तिम साता काठमाडौँ आएका काँग्रेसका देशभरका अगुवा कार्यकर्ताहरू ९ दिनसम्म काठमाडौँको चिसो खाएर फर्केका छन् । आशा र उत्साह बोकेर काठमाडौँ आएका उनीहरूले नयाँ ऊर्जा र नयाँ कार्यदिशाको सट्टा निराशा नै निराशाको पोको बोकेर फर्कनुपरेको गुनासो गरेका छन् । ‘महासमितिमा...बाँकी

कम्युनिष्ट मिसन पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमाः पुलामी

 प्रदेश नं. ३ मकवानपुर । प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) जनताले दिएको जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने बताएका छन् । नेकपा वागमती गाउँपालिका वडा नम्बर ४ र ५ को संयुक्त आयोजनामा भएको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले जनमतसँगै कम्युनिष्ट मिसन पुष्टि गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको...बाँकी

प्रदेशसभा ३ का पदाधिकारीलाई सवारी सुविधा

हेटौंडा,९ पुस/ तीन नम्बर प्रदेश सभाका बिभिन्न समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तापक्ष दलका प्रमुख सचेतकलाई सवारी सुविधा दिने निर्णय भएको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले बताए । यस अघि सवारी साधन...बाँकी

परियोजना बैंक कार्यान्वयनको चरणमा : मुख्यमन्त्री पौडेल

हेटौंडा ८ पुस । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताउनु भएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उहाँले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरुलाई परियोजना बैंकमा राखेर मात्र कार्य...बाँकी

यस्ता दिलदार वडा अध्यक्षः व्यक्तिगत डेढ लाख खर्चिएर गरिदिए ६० परिवारको स्वास्थ्य बिमा

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले आफ्नै खर्चमा ६० घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । हेटौंडा–५ स्थित राइटोलमा रहेका ६० घरपरिवारको बिमाकर्तामार्फत् बानियाँले निःशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन् । बानियाँले ६० घरपरिवारको स्वास्थ्य बीमा बापत् एकलाख ५० हजार रुपियाँ खर्च भएको बताए । उनका अनुसार यसवडाको उक्त...बाँकी

अब प्रत्यक स्थानीय तहमा रोजगार सेवा केन्द्र, ३ नम्बर प्रदेशबाट सुरुवात हुँदै

हेटौंडा –प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम समावेश भएको यस कार्यक्रम यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने गरी तयारी भइरहेको श्रम  रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार हेटौंडामा स्थानीय निकायका प्रतिनिधि तथा प्रशासकीय अधिकृत र प्रदेश...बाँकी

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी

 प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उहाँलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको...बाँकी