राजनीति

स्थानीय पत्रपत्रिकाः इन्द्र बानियाँ धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा उभिए

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो पहिलो प्राथमिकताका साथ छापेका छन् । हेटौंडाबाट निस्कने ५ वटा दैनिक पत्रिकामध्ये हामीलाई ४ वटा पत्रिका प्राप्त भएको छ । पत्रिकाले नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर...बाँकी

नेकपा फुटाउने किराँतीको चेतावनी

काठमाडौँ –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका...बाँकी

सांसदले घरभाडा फिर्ता गरे

काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् । अरु माननीय पनि कति तिर्नुपर्ने...बाँकी

काम शुन्य, सुविधामा मस्त जिसस पदाधिकारी

काठमाडौं – गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्।...बाँकी

प्रचण्डलाई एकल अध्यक्ष दिन बामदेवको प्रस्ताव

नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका छन्। शनिबारको पार्टी केन्द्रीय सचिवालयको बैठकमा फरक मत प्रस्तुत गरेका गौतमले त्यही फरक मतमार्फत् ‘पार्टीलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पद नीति लागू गरेर...बाँकी

मन्त्री पुनले भने : आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन

काठमाडौँ, २९ मङ्सिर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग गरिएको कार्यसम्पादन सम्झौता समारोहमा उहाँले पछिल्लो दिनमा प्राधिकरणको साख बढ्दै गएकाले अझै विश्वास बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री...बाँकी

प्रदेशका ९ अस्पतालको अध्यक्ष तोकियो, हेटौंडा अस्पतालमा पुनः प्रकाश

हेटौंडा–३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष...बाँकी

पूर्वलडाकुले बनाए बंकरमाथि चिया बगान

बनेपा — मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे।युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्। काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित...बाँकी