राजनीति

हात भाँचिएको विरोधमा प्रधानमन्त्री ओली र प्रचण्डको पुतला दहन

नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बाँके कांग्रेस सभापति किरण कोइरालालाई खजुरा गाउँपालिकामा आयोजित जागरण अभियानमा नेकपा कार्यकर्ताले आक्रमण गरी हात भाँचिदिएको विरोधमा आइतबार पुतला दहन...बाँकी

नेपालभरि सबैतिर कृषि बजारमा भद्रगोल, कुन तहको सरकारले हेर्ने भन्ने अन्योल

व्यापारी सीता रोकाले झापाको बिर्तामोडमा कृषि उपज बजारमा तरकारी पसल सञ्चालन गरेको झन्डै १८ बर्ष भयो। यत्रो लामो अवधीमा अहिलेको अवस्था अत्यन्तै पीडादायी रहेको उनको अनुभव छ। विगत पाँच वर्षदेखि उक्त बजारमा नेतृत्व गर्ने समिति नभएपछि जसले जे मन लाग्यो त्यही गर्ने गरेको उनले सुनाइन्। रोकाले भनिन्, 'गुनासो सुनाउने ठाउँ...बाँकी

लागु औषधको ट्रान्जिट प्वाईन्ट हेटौंडा

हेटौंडा :  मकवानपुरको हेटौंडा पछिल्लो समय लागु औषध ओसार प्रसारको ट्रान्जित प्वाईन्ट बन्दै गएको छ । मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागु औषध चरेश सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो हेटौंडा १५बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पटट्ीको एसिमा...बाँकी

कुशल नेतृत्वको परिणाम :  हेटौंडा खानेपानी बोर्ड सबै क्षेत्रमा अगाडी

मकवानपुरको हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड सबैक्षेत्रमा अगाडी छ । केहि समय अगाडी स्तनपान कक्षको निर्माण गरेर छुट्टै उदारहण पस्केको बोर्डले फेरी ई सेवाबाट पैसा तिर्न सक्ने सुविधा बनाएको छ । बोर्डको अध्यक्षमा वरिष्ठ पत्रकार प्रताप विष्ट आएदेखि वोर्डले काँचुली फेरेको हो । उस्तै आजैबाट बोर्डले डिजिटल सुचना पार्टी पनि सञ्चालनमा...बाँकी

भीमफेदीमा ४ करोडको गाउँपालिकाको भवनको शिलन्यास

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको भवन शिलन्यास भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले शिलन्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा बोल्द मुख्यमन्त्री पौडेलले विकास निर्माणलाई प्रदेश सरकारले तिव्रता दिएका भन्दै पौडेलले स्थानीय सरकार सफल नभए संघियता नै फेल हुने बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिकाको...बाँकी

सांसदकै योजनामा ‘३०% कमिसन’

योजनाको भुक्तानीका लागि प्रदेश २ मा मन्त्रालयका कर्मचारीले ३० प्रतिशतसम्म कमिसन मागेको भन्दै सांसदले आपत्ति जनाएका छन् । संसदीय विकास कार्यक्रमअन्तर्गत गत वर्ष विकास–निर्माणका ५ सय योजनामा खर्चिइएको करिब १ अर्ब रुपैयाँको भुक्तानी कमिसनकै कारण अड्किएको छ । अधिकांश योजनाको काम उधारोमा गरिएको सांसदले बताएका छन् । आर्थिक वर्ष ०७५र०७६ मा संसदीय विकास...बाँकी

नेफिन हेटौंडामा नयाँ समिति चयन

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) नगर समन्वय परिषद हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग(तमू) तथा सहसचिवहरुमा...बाँकी

छोनाम न्वाँगीमा विदा दिन चेपाङ समुदायको माग

चेपाङ समुदायहरुको महान पर्वको रुपमा रहेको छोनाम न्वाँगी पर्वमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिन पर्ने चेपाङ अगुवाहरुले बताएका छन् । नेपालमै मकवानपुर, धादिङ र चितवन क्षेत्रमा रहेका चेपाङहरुको सम्मानमा सार्वजनिक विदा दिनुपर्ने चेपाङ संघका पुर्व केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्द चेपाङले बताए । उनले चेपाङहरु आर्थिक र...बाँकी