राजनीति

पूजारीलाई इँटा हान्न खोज्ने प्रदेश २ का मन्त्री गृहनगरबाटै लखेटिए

 प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई गृहनगरबाटै सर्वसाधारणले लखेटेको खुलासा भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित हनुमान मन्दिरका पूजारी राममनोहर दासलाई इँटाले हान्न खोजिएपछि मन्त्री साहलाई स्थानीयवासीले लखेटेको बताइएको छ। घटना गत बुधबार भएको हो। प्रदेश २ सरकारको १० लाख रुपैयाँको लगानीमा सुरु भएको मन्दिरको छत ढलान र...बाँकी

‘सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, तर त्यसो होइन :मन्त्री यादव

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय...बाँकी

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ स्थगित

केहि समयअघिबाट सुरु भएको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ स्थगित भएको छ । केहि समयको लागि स्थगित भएको बैठक दिउँसो ३ बजेदेखि बस्ने बताइएको छ । सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको भन्ने उजुरी परेको थियो । सरकारले असार ४ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित राजदूत...बाँकी

तरकारी मार्फत जनतालाई विष नखुवाउ, काठमाडौंमा नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ ।...बाँकी

१७ वटा वडा कार्यलयमा विप्लवको तालाबन्दी

नेत्रविक्रम चन्द विप्लव समूहले सुदूरपश्चिमका अधिकांश स्थानीय तहका वडा कार्यालयमा तालाबन्दी गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिका सहितका १७ वटा वडामा तालाबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले, कैलालीका १३ वटै स्थानीय तहका १७ वटामा तालाबन्दी गरिएको खबर आएको बताए।...बाँकी

पत्रकार कार्कीमाथिको आक्रमणको युनियनद्वारा भत्सर्ना

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्सर्ना  गरेको छ । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले नै...बाँकी

विषादी परीक्षणको निर्णय गर्ने अनि फेरि रोक्ने यो कस्तो गाईजात्रा हो ? :-राष्ट्रियसभा सदस्य देवकोटा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कसैको दबावमा...बाँकी

जनताबाट उठाईएको करबाट प्रदेश ३ का सांसदलाई वैदेशिक भ्रमणका लागि २० लाख

प्रदेश सभाका सदस्यहरुलाई आउँदो आर्थिक वर्षमा वैदेशिक भ्रमणका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । प्रदेश नम्बर –३ का सांसदहरुलाई वैदेशिक भ्रमणका लागि जनताबाट उठाईएको करको ठुलो रकम छुट्याइएको हो । प्रदेश सभा सचिवालयको खर्च शिर्षक नम्बर २२ हजार ५ सय २२ बाट रकम छुट्याएर वैदेशिक भ्रमणमा जान लागिएको...बाँकी