राजनीति

टालटुलमै चल्दै प्रदेश सभाको हल

३ नम्बर प्रदेश सभाको सभाहल टाल टुलमै चल्दै आएको छ । संसद सुरु भएको लामो समय भइसक्दा पनि प्रदेश सभाको बैठक कक्षको स्थितीमा भने विजोग रहेको छ । सांसदहरुले बैठक हलबारे बारम्बार संसदमा टिप्पणी गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो आर्थिक वर्षमा सम्बोधन गर्दै बिचमा खम्बा भएको हल...बाँकी

रक्षा मन्त्रालयले ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण १ सय १३ कर्मचारी अन्योलमा

रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण ९ओएण्डएम० बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् । मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले...बाँकी

प्रदेश सभाको बैठकबाट एउटा विधेयक पारित, मन्त्रीजम्मकट्टेलको जवाफ

३ नम्बर प्रदेश सभाको आजको बैठकबाट जलचर संरक्षणको व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पारित भएको छ । कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दावादोर्जे लामाले राखेको उक्त विधेयक आजको प्रदेशसभा बैठकमा पारित भएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेश सभाको वैठकमा प्रदेश भित्र...बाँकी

शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर नगर्नुस् :- शिक्षा मन्त्री पोखरेल

नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुनासो पोखेका छन् । उनले भने एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ। स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, शिक्षक...बाँकी

विप्लवलाई गएकै छैन वार्ताको पत्र ! विप्लव भन्छन्– भयानक भिडन्ततिर धकेल्न खोजिँदैछ

 सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताको औपचारिक पत्र नै नपठाएको खुलेको छ । सरकारले ३० फागुन ०७५ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारका केही मन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले समेत वार्ता र संवादबाट समस्याको समाधान...बाँकी

मुख्यमन्त्री पौडेलद्वारा शैक्षिक भवनको शिलान्यास

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौंडाको शैक्षिक भवनको आज एक कार्यक्रमको बिच शिलान्यास गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौंडा- १० स्थित फरेष्ट्री कलेजको हातामा...बाँकी

नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसदमा आपत्ति

 कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा  सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे । त्रिभुवन विश्वविद्यालयका बारेमा सोमबारै छापामा आएको समाचारतर्फ...बाँकी

नेपालको धार्मिक अभ्यासमा अमेरिकी असन्तोष

संयुक्त अधिराज्य अमेरिकाले नेपालमा धर्म परिर्वतन विरुद्ध भएका कानुनप्रति असन्तुष्टि जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा धर्म परिर्वतन  विरुद्ध नेपालको संविधान र मुलुकी फौजदारी संहितामा भएका व्यवस्था प्रति असन्तुष्टि जाहेर गरेको छ। सन् २०१८ को ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम’मा नेपालप्रति त्यस्तो असन्तुष्टि प्रकट गरिएको हो। विश्वका हरेक...बाँकी