राजनीति

सरकारले गर्यो विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय

सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न...बाँकी

लोकसेवाले बढायो फारम भर्ने म्याद

लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको हो। जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन...बाँकी

७ जना (डीआईजी) लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई बादलले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिएका हुन् ।...बाँकी

हेटौंडा–काठमाडौं सुरुङमार्गको ५ करोड फ्रिज हुँदै, यसपालि रकम तोकिएन

प्रदेश ३ को सरकारले हेटौंडा–कुलेखानी–काठमाडौं सडकमार्गमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’को निर्माणको योजना आगामी आर्थिक वर्षको बजेटमा पनि पारेको छ । जबकि चालु आर्थिक वर्षमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)का लागि छुट्याइएको ५ करोड रुपैयाँ अध्ययन नै नगरी फ्रिज हुन लागेको छ । काम सुरु गर्न संघीय सरकारबाट स्वीकृति नपाउँदै प्रदेश सरकार...बाँकी

का‌ंग्रेस सा‌ंसदको अवरोध, प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित

प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा का‌ंग्रेस सा‌ंसदले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका थिए। बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री रोष्टममा पुग्ने बित्तिकै पहिला आफ्ना संसदीय दलका नेताले...बाँकी

प्रदेश सांसदले रकम नपाउने

हेटौंडा : तीन नम्बर प्रदेशका सांसदहरुले सांसद विकास कोष वा अन्य कुनै पनि नाममा सांसदले मात्रै छुट्टै बजेट नपाउने भएका छन् । प्रदेशको सन्तुलित विकासको लागि भनेर प्रदेश सरकारले १ अर्ब ९८ करोड छुटएको छ । तर सो रकम खर्च गर्न सरकारले खर्च गर्ने क्षेत्रका स्थानीय तहका जनप्रतिनिधी, उक्त क्षेत्रका...बाँकी

तीन नम्बर प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुन

हेटौंडा: ३ नम्बर प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुने दाबी प्रदेश सरकारले गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आईतबार आएको बजेटको विषयमा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक बर्षका लागि ल्याइएको बजेट आर्थिक वर्षको सुरुवात देखिनै कार्यान्वयन हुने दाबी गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेको...बाँकी

कम्युनिष्ट सरकार धर्म विरोधी

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट सरकार धर्म विरोधी भएको बताएका छन् । सोमबार गृह जिल्ला मकवानपुर आएर पत्रकार सम्मेलन गर्दै गुठि सम्बन्धी विधेयक ल्याएर कम्युनिष्टहरु धर्म विरोधी भएको प्रमाणित गर्न खाजेको भन्दै सरकारको नियत माथि नै थापाले प्रश्न गरेका हुन् । गुठि विधेयक तत्काल फिर्ता गर्न सरकार संग...बाँकी