हेटौंडाः बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी वर्ष २०७७र७८ को लागि २ अरब ८ करोड ६५ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभामा आज उपमेयर मिनाकुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षमा हेटौंडा उपमहानगरले कोरोना...बाँकी
हेटौंडा उपमहानगरपालिकाले आज आफ्नो सातौं नगरसभा बैठकका अवसरमा मकवानपुरका सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले वषैपिच्छे बिकास पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । त्यही अनुसार आज छापा तथा विधुतिय माध्यममा काम गर्ने पत्रकारलाई बिकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उपमहानगरपालिकाले अग्रज पत्रकार सम्मानबाट तीन दशक अघिदेखि...बाँकी
हेटौंडाः ईन्धन ढुवानी गर्ने ट्यांकरमा लागुऔषध बरामद भएको छ । सोमबार राती पौने ९ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ मा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ४९० नम्बरको डिजेल लोड रहेको ट्याङकरबाट लागुऔषधसहित कोरेक्स १ हजार ४ सय मिलिलिटर बरामद गरेको छ...बाँकी
हेटौंडा–४, गर्दोईकी सुस्मिता थापाको हत्याको विषयलाई लिएर मंगलबार मकवानपुरका महिला अगुवाले प्रहरीलाई घटनाको सत्यतथ्य छिटो छानविन गर्न आग्रह गरेको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरलाई भेटेर सुस्मिताको हत्याको विषयमा गम्भीर भएर छानविन गर्न र यथाशिघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको बागमती प्रदेश सभा सदस्य एवम् नेकपा...बाँकी
नयाँदिल्ली — भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल ९एलओसी० क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको...बाँकी
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डां.जागेश्वर गौतमले...बाँकी
पछिल्लो २४ घन्टामा मंगलबार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मुलुकमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका...बाँकी
हेटौंडाः सामाजिक संजाल अन्तर्गत गठित समुह मेची महाकाली बुहारी संयुक्त आवाज अन्तर्गतको स्वागत तथा बधाई कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । बुहारीहरुको पिडा र दुःखलाई समेटेर उक्त कार्यक्रम गरिएको थियो । केही समय अगाडी ससुरा र नन्द मिलेर हत्या गरिएकी सुस्मिता थापाले न्याय पाउनुपर्छ, सुस्मिता थापाहरु अब मारिनु हुन्न...बाँकी