समाज

कोरोना संक्रमितको संख्या १४०१

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ। शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएका छन्। शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। प्रवक्ता देवकोटका अनुसार...बाँकी

हातमा डोरीेले बाँधेर रुकुम घटनाको विरोध

दैलेख — रुकुममा जेठ १० गते भएको घटनाको विरोधमा दैलेखमा हातमा डोरीले बाँधेर जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायतका ५ जनाको हत्या गरिएको र १ जनालाई बेपत्ता बनाइएको घटनाको विरोधमा प्रदर्शन...बाँकी

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा — सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् । लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै जिल्लामा...बाँकी

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्‍ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। बैठकमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ। समितिले अर्को सातादेखि तेस्रो देशबाट नेपालीको उद्धार थाल्ने निर्णय लिएको...बाँकी

क्वारेनटाइनमा एकजनाको मृत्यु

दैलेखको दुल्लुनगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जना पुरुषको मृत्यु भएको छ । ३५ वर्षका पुरुषको आज विहान करिव साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले मृत्यु भएका पुरुषको हिजो नै स्वाब संकलन गरि कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

पुर्वाग्रह राखेर बिना आधार अवरोध भयो : अध्यक्ष मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिकामा ढुङ्गागिट्टी बालुवा उत्खननको नापजाँच गर्नुपर्ने भन्दै काम रोकिएपछि जिल्ला अनुगमन समितिकै निश्पक्षतामाथि गाउँपालिकाले प्रश्न उठाएको छ । बिना आधार स्थानीय केही व्यक्तिहरुले काममा अवरोध गरेको र जिल्ला अनुगमन समितिले पनि त्यसैलाई सघाउ पुग्ने गरी काम रोकेको गाउँपालिकाको ठहर छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राजनीतिक आग्रह पूर्वाग्रह...बाँकी

संसदबाट अनुमोदन नभएसम्म एमसिसीका कार्यक्रम रोकिने

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन ९एमसिसी० संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राक्ने समझदारी बनेको बताए।...बाँकी

मकवानपुरको कोरोना संक्रमितलाई बाहिर जिल्ला नपठाउने

मकवानपुरको हेटौँडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थान ( फरेष्टी क्याम्पस) मा १५ शैयाको कोरोना क्वारेन्टाईन वार्ड स्थापना भएको छ । वार्डमा कोरोना संक्रमण पुष्टि भैसकेकाहरुलाई राखिने हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । कर्रामा भिड भएकोले संक्रमित र अन्य व्यक्तिहरुलाई एकै ठाउँमा राख्दा कोरोना सर्ने सम्भावना...बाँकी