समाज

मुख्यमन्त्री पौडेलद्वारा शैक्षिक भवनको शिलान्यास

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौंडाको शैक्षिक भवनको आज एक कार्यक्रमको बिच शिलान्यास गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौंडा- १० स्थित फरेष्ट्री कलेजको हातामा...बाँकी

मनहरीका कृषकलाई २० लाख बराबरको अनुदान

मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार विभिन्न कृषक समुहलाई २० लाख बराबरको कृषि औजार सामाग्री वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीरण तर्फ उन्मुख गराउने उद्धेश्यले गाउँपालिकाले पटक पटक कृषि औजार सामाग्री वितरण गर्दै आइरहेका छन । यो पटक पनि गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न ५ वटा कृषक...बाँकी

अस्पतालमै छोइछिटो, नर्सको गुनासो प्रशासनले सुनेन

यदी तपाईंमाथि कसैले दुर्व्यवहार गर्न खोज्यो भने कस्तो महशुस गर्नुहुन्छ ? अझ आफू कार्यरत संस्थाका सहकर्मी नै मिलेर तपाईंमाथि खनिए उपाय के होला ? त्यसमाथि नेपाली समाजले छुट्याइदिएको दलित भएकै कारण दुव्र्यवहार सहनु पर्दा कस्तो होला ? पक्कै यस्ता घटना कसैको लागि क्षम्य हुँदैन । पोखरा महानगरपालिकाको अस्पतालमा कार्यरत एक...बाँकी

१४ राउन्ड गोलीसहित दुई जना पक्राउ

प्रहरीले मोरङको बेलबारी नगरपालिकाबाट प्रहरीलेल दुई जनालाई हतियारसहित पक्राउ गरेको छ। आइतबार साँझ प्रहरीले बेलबारी नगरपालिका–४ बाट दुई थान पेस्तोल, म्याग्जिन ४ थान र १४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङकै सुन्दर हरैचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा...बाँकी

दुई युवतीमाथि सामूहिक बलात्कार, एकजना पक्राउ

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ भएको छ । घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सकेको हो । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८...बाँकी

त्रिवि पनिकामा अनियमितता : ९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

 त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् । पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३...बाँकी

हेटौंडामा गायक धिरज राई, रोज मोक्तान र पौडेलले बेजोड प्रस्तुती दिने

वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजना र सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा अभियन्ता तथा कलाकार सहितको वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती प्रदेश ३ को राजधानी हेटौंडामा हुने भएको छ । असार १२ गते विहिबार हेटौंडाको बुद्धचोकमा बृहत कार्यक्रम हुने कार्यक्रम संयोजक नारद प्रसाद खतिवडाले...बाँकी

अझै सुचारु हुन सकेन कान्तिलोकपथ

हिजो  (शनिबार) देखि पर्न थालेको पानीसँगै गएको पहिरोले गर्दा अबरुद्ध बैकल्पिक मार्ग कान्तिलोकपथ अझै सुचारु हुन सकेको छैन । पछिल्लो समय हेटौँडाबाट काठमाडौं जाने सवारीको चाप बढिरहेको कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो गएकाले आइतबार अपरान्हसम्म पनि सडक सुचारु हुन नसकेको...बाँकी