अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका...बाँकी
हुम्लाको खार्पुनाथमा जिप दुर्घटना भएको छ । खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा मंगलबार दिउँसो सडकबाट तल खसेको हो । जिप बाटोबाट सीधै तल कणार्ली नदीमा पुगेको छ । अहिले उद्धारका लागि टोली पुगेको छ । जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब...बाँकी
एक रुपैयाँमै बिरामीको उपचार गर्ने भनेर चर्चामा आएको राजधानीको वौद्धस्थित समता अस्पतालमा एक कर्मचारीको मृत्यु भएपछि परिवारले निष्पक्ष छानबिनको माग गरेको छ । मृतक बिमला तामाङकी श्रीमान् बुद्धिराज योन्जनले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘अस्पतालको ताल्चा लगाएको कोठा खोल्दा श्रीमती झुण्डिरहेको देखेँ । हत्या गरेको...बाँकी
भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो । जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको स्वीकारे । तर, उनले...बाँकी
संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ । रिपोर्टले...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट सरकार धर्म विरोधी भएको बताएका छन् । सोमबार गृह जिल्ला मकवानपुर आएर पत्रकार सम्मेलन गर्दै गुठि सम्बन्धी विधेयक ल्याएर कम्युनिष्टहरु धर्म विरोधी भएको प्रमाणित गर्न खाजेको भन्दै सरकारको नियत माथि नै थापाले प्रश्न गरेका हुन् । गुठि विधेयक तत्काल फिर्ता गर्न सरकार संग...बाँकी
गएको आइतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन्। बिएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीमाथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेल्टरले पक्राउ गरेको जानकारी दिएको हो। पत्रकार राईसहितको चारजनाले समूहले चौदण्डीगढी नगरपालिका ६ स्थित ज्योति बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन्।...बाँकी
बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा छन् । मृतकहरुको सनाखत भएको छैन । सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी...बाँकी