बागमती प्रदेशमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बुधारबार सबै भन्दा बढी चितवनमा १२ जना, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जना र सिन्धुलीमा १ गरि कुल ३० जनामा संक्रमित थपिएको बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसमध्ये ११ जना महिला...बाँकी
लकडाउनको तीन महिनाको अवधिमा तेल अस्वाभाविक बढी मूल्यमा बेचेर ३ अर्ब नाफा आर्जन गरेको आयल निगमले पुनः इन्धनको मूल्यवृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट नयाँ मूल्यसूची आएपछि भाउ समायोजन गर्ने गरेको निगमले मंगलवार आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर...बाँकी
बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।...बाँकी
हेटौंडामा क्रियाशिल ३ वटा लायन्स र लियो क्लवको सयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ र लियो क्लव अफ हेटौंडा मल्टिभिजनको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । हेटौंडाको रक्तसञ्चार केन्द्रको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान...बाँकी
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा नगरका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्त गर्ने काममा जोड दिएको छ । सामुदायिक विद्यालयले पनि निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्नका लागि सहयोग पुगोस भन्ने उदेस्यले त्यसका लागि सामाग्री हस्तान्तरण गरिएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्युतीय हाजिरी जडान, सिसि क्यामेरा जडान, कम्प्यूटर हस्तान्तरणका साथै...बाँकी
बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा बावु आमा दुबै नभएका बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता दिने नयाँ कार्यक्रम ल्याएको छ । यो कार्यक्रम सात वटै प्रदेश मध्यको राम्रो कार्यक्रम पनि हो । अहिले बाबु आमा नभएका बालबालिकाको संरक्षण नहुने, अलपत्र हुने, दुव्यसनमा फस्ने समस्या पनि छ । तर, बागमती प्रदेश...बाँकी
चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको हेटौंडा ग्रीडमा समस्या भएपछि अवरुद्ध भएको हेटौंडाको विद्युत सेवा करिब ४ घण्टापछि सुचारु भएको छ । आज बिहान ११ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गत ८ वटै फिडरमा विद्युत अवरुद्ध भएको थियो । दिउँसो साढे ३ बजे ८ वटै फिडरमा विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण...बाँकी
हेटौडा उपमहानगरपालिका वडा नं. ४ कर्रा सुर्य चोकमा असार २ गते सुस्मिता के.सी. थापाको हत्या भएको छ । हेटौंडा ४ का टोल विकास संस्थाहरुको सामूहिक भेलाले मकवानपुर जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । सुस्मिताको मृत्यु भएको सुचना प्राप्त भएपछि प्रहरीले तत्काल घटना स्थलको सुक्ष्म निरीक्षण गरी घटना स्थलमा...बाँकी