शिक्षा

खाजा खर्च बचत गरेर बालवालिकाले दिए छात्रबृत्ति

साना बालवालिकाहरुले अभिभावकसँग दैनिक दश/बीस रुपैयाँ खाजा खर्च लिइरहेको हुन्छ । तर त्यही पैसा जम्मा गरेर हेटौंडा ८ का प्रतिक र प्रकृती घतानेले आफु भन्दा कमजोर बालवालिकाको शिक्षामा सहयोग गरेका छन् । कक्षा ४ मा अध्ययनरत प्रतिक र कक्षा २ मा अध्ययनरत प्रकृतिले हेटौंडा १५ शिखरपानीस्थित चुरियामाई माविमा अध्ययरत विद्यार्थीहरुलाई...बाँकी

अब सरकारी कर्मचारीले छोराछोरी सार्वजनिक विद्यालयमै पढाउनुपर्ने

काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट...बाँकी

आजबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान

 मानव सेवा आश्रम हेटौंडाको आयोजनामा आज सोमबारबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान हुँदैछ । मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को केन्द्रीय अक्षयकोष स्थापना र हेटौंडा–९ मा निर्माण भैरहेको आश्रमको भवनको लागि अनुष्ठानको आयोजना गर्न लागिएको हो । यही २० गतेसम्म सञ्चालन हुने अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको मानवसेवा आश्रमले...बाँकी

स्वतन्त्र विद्यार्थी युनियनद्वारा मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र

 मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रदेश ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउनुपर्ने मागका साथ स्ववियुले ज्ञापनपत्र बुझाएको हो । स्ववियु अध्यक्ष कुमार केसी सचिव आकाश अधिकारी लगाएतले आज मुख्यमन्त्री कार्यालयमै पुगेर क्याम्पसको उन्नती र प्रगतीबारे सुझाएका हुन् । बहुमुखी क्याम्पस...बाँकी

स्वतन्त्र विद्यार्थी युुनियन मकवानपुरद्वारा शुल्कबृद्धि खारेज हुनुपर्ने माग

स्वतन्त्र विद्यार्थी युुनियन मकवानपुर बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा गरिएको पाँच प्रतिशत शुल्कबृद्धि खारेज हुनुपर्ने माग गरेका छन् । सामुदायिक क्यामपसमा गरिव तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनगर्ने भएको हुँदा क्याम्पसले मनलाग्दी ढंगबाट बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेको हो । स्ववियुले स्नाकोत्तर तहको शुल्क एकमुष्ट रुपमा नभै तीन किस्तामा बुझाउन...बाँकी

बिचल्लीत विद्यार्थीहरुको उद्धार गर्न कांग्रेसलद्वारा सरकारको ध्यानाकर्षण

अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजारभन्दा बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । प्रवक्ता शर्माले...बाँकी

रेडियो थाहा संञ्चार मार्फत संस्कृत विद्यालयमा स्टेशनरीको सामान वितरण

रेडियो थाहा सञ्चार ९९.६ एफएम स्थापनाको ११ वर्ष पुरा गरि १२ वर्ष पुगेको आज छैठौ दिनको अवसरमा हेटौंडाको गोरक्षस्थित संस्कृत विद्यालयमा स्टेशनरी सामान वितरण गरिएको छ । हेटौंडामा एक मात्र संस्कृत विषय पढाई हुने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आज रेडियोका सञ्चालक तथा संरक्षक अजयराज सुमार्गीले विद्यालयका व्यवस्थापक प्रेमनाथ पराजुलीलाई स्टेशनरी सामाग्री...बाँकी

कोरियन भाषा अध्ययनको लागि सम्झौता

हेटौंडा–कोरियन भाषा अध्ययन–अध्यापनको सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघ र दक्षिण कोरियाको जि.एस.एन टेक्नोलोजीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । संघको तर्फबाट संघका अध्यक्ष कृष्ण कटुवाल र युनिभर्सिटीको तर्फबाट अध्यक्ष डा. सिन लि चुलले शनिबार एमओयुमा हस्ताक्षर गरिएको थियो । संघले कोरियन भाषा अध्ययनको लेबल हेटौंडाबाटै कोरिया पढ्न जान सक्ने...बाँकी