स्वास्थ्य र जीवनशैली

दर खाँदा प्रदेश तीनकी सांसद नै बिरामी

 प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनुभएको छ । गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष दर खाने क्रममा प्रमुख अतिथि भएर पुग्नुभएका उहाँ कार्यक्रमबाट फर्केपछि भोलिपल्ट शनिबारदेखि उपचार गराइरहनुभएको हो ।...बाँकी

चिकित्सकको आन्दोलन एक हप्तालाई स्थगित

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज अबेरसम्म भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । योसँगै चिकित्सक संघले एक साताका लागि आन्दोलन  स्थगित गरेको जनाएको छ । चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य राज्य मन्त्री यादवले...बाँकी

हेटौंडा अस्पतालको कन्तबिजोग,मेसु भन्छन् : सुधार्ने प्रयासमा छु

सोमबार मध्यान्हको समय । मौसम सामान्य थियो । मकवानपुरको हेटौंडा अस्पतालमा भीडभाड थियो । आइतबार ओपिडी सेवा नै बन्द गरेर डाक्टरहरु हड्तालमा उत्रिएका कारण सोमबार अली बढी बिरामीको चाप होकि भन्ने आँकलन गर्न सकिन्थ्यो । यद्यपी सोमबार पनि डाक्टरहरुको हड्ताल कायमै थियो । तर,उनीहरुले सोमबारको ओपिडी सेवा भने बन्द गरेका...बाँकी

डाक्टरहरुको आन्दोलनले मकवानपुरका बिरामीको बिचल्ली

  [caption id="attachment_8208" align="alignnone" width="630"]  [/caption] यसैत सरकारी अस्पताल बद्नाम छ त्यैमाथि डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरुको बिचल्ली भएको छ । नेपाल चिकित्सक संघले गरेको आन्दोलनको कारण मकवानपुरको हेटौँडामा रहेको एक मात्र सरकारी अस्पतालमाउपचारका लागि आएका बिरामी मारमा परेका छन् । हेटौँडा अस्पतालमा आइतबार बिहानैबाट सेवा ठप्प भएको हो । ओपिडि...बाँकी

सिस्नेरी स्वास्थ्य चौकी मकवानपुरमा जननी एक्स्प्रेस सेवा सुरुवात

        ईच्छाईएको गर्भ सुरक्षित जन्म​,पूर्ण संस्थागत सुत्केरी अभियान अन्तर्गत सिस्नेरी स्वास्थ्य चौकी मकवानपुरले स्वास्थ्य संस्थामा सुत्केरी हुने अवस्थालाई प्रवर्द्धन गरि गर्भवती महिला र शिशुको जीवन रक्षाका लागि स्वास्थ्य संस्था सम्म आउन र सेवा पश्चात घरसम्म फिर्ता हुनका लागि निःशुल्क एम्बुलेन्स सेवाजननी एक्स्प्रेस कार्यक्रमको सुरुवात गरिएको छ । यस...बाँकी

विरोधका कार्यक्रम स्थगित

 नेपाल चिकित्सक सङ्घले नेपाल मेडिकल काउन्सिलको प्रमाण र एप्रोन बुझाउने कार्यक्रम केही दिनका लागि स्थगित भएको जनाएको छ । सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४लाई संशोधन गरी लागू गर्न माग राख्दै शुक्रबारदेखि ती विरोधका कार्यक्रम सार्वजानिक गरेको थियो । ऐन शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ...बाँकी

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद, के भन्छन् डाक्टर ?

चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे...बाँकी

पीडित महिलाको साहारा बन्दै ‘ओसीएमसी’

हेटौंडा बिगत ७ वर्षदेखि हेटौंडा अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडित महिलाको निम्ति सहारा बनेको छ । यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता...बाँकी