राजनीति

हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारको एक करोड, सांसदले ३ दिनको तलब दिने

हेटौंडा — ३ नम्बर प्रदेश सरकारले २ नम्बर प्रदेशको बारा र पर्सामा हावाहुरी प्रभावितको लागि राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको आवास निर्माणको लागि सरकारको तर्फबाछ १ करोड सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा...बाँकी

प्रदेश ३ को सूचनाको हकसम्बन्धी विधेयकः कार्यान्वयन निकाय नै परिकल्पना गरिएन

हेटौंडा — प्रदेश ३ सरकारले सूचनाको हक कार्यान्वयन गर्न स्वायत्त आयोगको परिकल्पना नगरी विधेयक ल्याएको छ । सोमबार संसद्मा प्रस्तुत ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्न, कार्यालय प्रमुखले गरेको निर्णय उपर पुनरावेदन तथा अन्य उजुरी र निवेदन सुन्न एक ‘स्वतन्त्र’ पुनरावेदन...बाँकी

३ नम्बर प्रदेशको संसदमा नेवारी भाषामा सम्बोधन

३ नम्बर प्रदेश सभाको वैठकमा पहिलो चोटी नेपाल (नेवारी) भाषामा सम्बोधन भएको छ । तत्कालिन विवेकशील साझाकी प्रदेश सभा सदस्य शोभा शाक्यले प्रदेश सभाको विशेष समयमा नेपाल भाषामा सम्बोधन गरेकी हुन् । नौं मिनेटको समय लिएर बोल्दै उनले आफ्नो कुरा नेवारी भाषामा राख्न थालेपछि एक छिन् हाँसो र उत्सकुताले भरिएको...बाँकी

हेटौंडा–काठमाडौं सुमो आतंक भयोः प्रदेश सांसद

३ नम्बर प्रदेश सभाको सोमबार बसेको वैठकमा अधिकांश प्रदेश सभा सदस्यहरुले हेटौंडा–काठमाडौं सडकमार्गमा सुमो आतंक रोक्न माग गरेका छन् । जीर्ण सडक र साँघुरो बाटोमा सुमो चालकहरुले ‘मै हुँ भन्ने व्यवहार गरेको प्रदेश सांसद गणेश दुलालले प्रदेश सभाको वैठकमा बताए । यस्तै प्रदेश सभा सदस्य भीमसेन खत्रीले संघीय राजधानी काठमाडौंबाट...बाँकी

१५ दिनभित्र राजधानी टुङ्गो लाग्छ : मुख्यमन्त्री

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १५ दिनभित्र स्थायी राजधानी टुङ्गो लाग्ने बताएका छन् । प्रदेशसभा बैठकपछि प्रतियक्रिया दिँदै उनले हिउँदे अधिवेशन भित्र राजधानी टुङ्गो लाग्ने बताएका हुन् । ‘हिउँदे अधिवेशन १५ दिन जति चल्छ,त्यसभित्रै राजधानी टुङ्गो लाग्छ’,उनले भने । वर्षे अधिवेशन सकिएको ३ महिनापछि आइतबार बाट हिउँदे अधिवेशन सुरु...बाँकी

प्रदेश तीनको राजधानी अन्योलमा, प्रतिपक्षिको संसद अवरुद्धगर्ने तयारी

तीन नम्बर प्रदेशको प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाले अबको प्रदेश सभाको बैठकमा राजधानीको विषयले प्रवेश नपाए संसद नै अवरुद्ध गर्ने चेतवानी दिदै आउनुभएको छ । यस अघिको कार्यव्यवस्था परमर्श समितिमा सत्ता पक्षले अबको प्रदेश सभाको वैठकमा राजधानीको विषय ल्याउने बताए पछि प्रदेश सभाको मिति तोकिएको...बाँकी

तीन महिना पछि प्रदेश सभा वैठक बस्दै २ विधेयक, ३ संसोधन प्रस्ताव दर्ताहुने

तीन नम्बर प्रदेश सभाको हिउदे अधिवेशन आईतवार बस्ने भएको छ । प्रदेश सरकारले आफुलाई ऐन निर्माणको क्रममा रहेको भन्दै आए पनि तीन महिनाको अवधीमा विधेयकको लागि भने खासै गृह कार्य गरेको देखिदैन । आज बस्ने प्रदेश सभाको वैठकमा पर्याप्त विजनेश नभएको देखिएको छ । तीन महिनापछि बस्न लागेको वैठकमा २...बाँकी

नेकपाका ४४१ केन्द्रीय सदस्य बेरोजगार

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको शपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्। पार्टीको सांगठनिक एकता प्रक्रियामा ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरू पनि भूमिका विहीन भएका हुन्। पार्टी...बाँकी