राजनीति

विप्लवका कार्यकर्ता खाेज्दै सेना गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

कालिकोट - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र...बाँकी

लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्णः तिमल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मिडियाले सत्य तथ्य र निष्पक्ष भई विकास र समृद्धिको पक्षमा कलम चलाउनुपर्नेमा उनले जोड दिए । मंगलबार हेटौंडामा अनलाइन पत्रिका तु–खबर डटकमको दोस्रो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमल्सिनाले नेपाललाई समृद्धिको दिशामा...बाँकी

तीन महिनापछि प्रदेशसभाको बैठक बस्दै, एजेन्डा टुङ्ग्याउन बाँकी

हेटौंडा– ३ नम्बर प्रदेशसभाको बैठक तीन महिनापश्चात् बस्ने भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयका कारण लामो समयदेखि बस्न नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन करिब ९३ दिनपश्चात् चैत दोस्रो साता बस्ने भएको हो । यसअघि स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयमा सदनमा रस्साकस्सी भइरहेको समयमा पुस १२ गते...बाँकी

शक्तिशाली बन्दै प्रधानमन्त्री: सेना परिचालसम्म गर्न सक्ने

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन् । सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेका...बाँकी

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू

काठमाडौँ – प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ । सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो ।...बाँकी

आजका पत्रपत्रिकाः नागरिक सहायता कक्षबाटै ठगी

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज विभिन्न फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । बर्डफ्लु संक्रमित ४१ ह्जार कुखुरा नष्ट, क्षतिपूर्तिको लागि मन्त्रिपरिषद्को निर्णय कुर्दै व्यवसायी, भरुवा बन्दुक र गाँजासहित पाँचजनालाई पक्राउ, तीन महिनापछि प्रदेशसभा बैठक बस्दै, मकवानपुरमा ५० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएको...बाँकी

सुरक्षा निकायको पहुँचमै छन् विप्लव र प्रकाण्ड

काठमाडौ । बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।...बाँकी

आजका पत्रपत्रिकाः प्रदेशको आवधिक योजना, पाँच वर्षमा सबै क्षेत्रमा खानेपानी र विद्युत् सेवा पुग्ने दावी

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको सम्बन्धी समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको योजना समेटेर पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ...बाँकी