काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका...बाँकी
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पक्राउ परेका छन्। विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका हुन्।प्रहरी उच्च स्रोतले जीवन्त पक्राउ परेकाे पुष्टि गरे पनि घटनाकाे विस्तृत विवरणा खुलाएकाे छैन। ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालय अगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको...बाँकी
काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारको बजेट खर्च न्युन भएको सम्बन्धी समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यसैगरी बर्ड फ्लु भेटिएका ४१ हजार कुखरा नष्ट गरिने, एकीकृत बस्तीलाई जग्गाको समस्या, प्रदेशसभा चैत १३ गते बस्ने, तोकिएको मापदण्ड पूरा गर्न अप्रशोधित दूध वितरक प्रतिवद्धलगायतका...बाँकी
नेपालखबरलाई प्राप्त नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका यी निर्णयहरु अहिलेका होइनन्। २०७५ असार र साउनमा पार्टी केन्द्रीय समितिले तयार पारेका हुन्। डायरीमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) तथा शेरबहादुर देउवासहितलाई ध्वस्त (सेवोटेज) गर्ने सहितका योजना उल्लेख छन्। के पूर्व माओवादी संगठनले तयार पारेका...बाँकी
काठमाडौं–मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव ले नेतृत्व गरेको समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो। यो निर्णयमा पुग्न विप्लव समूहले पछिल्लो समय गरेको एनसेलका टावर तथा वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा गरेको विस्फोटलाई आधार बनाएको सरकारका आक्रामक जवाफहरूमा देखिएको छ। प्रधानमन्त्री केपी ओली पछिल्लो समय विप्लव...बाँकी
हेटौंडा–मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । राती करिब एक बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै...बाँकी
पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। दार्शनिक माक्र्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन् । सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका...बाँकी