राजनीति

देउवाविरुद्ध ५१ जिल्लाका सभापतिको काठमाडौंमा भेला

काठमाडौं । महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु...बाँकी

आजका पत्रपत्रिकाः मकवानपुरमा स्वास्थ्य बिमा उत्साहजनक

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न विषयालाई प्राथमिकताका साथ समाचार बनाएर छापेका छन् । हिजो मकवानपुरमा ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइएको, गरिबी हटाउन सहकारीको भूमिका महत्वपूर्ण हुने प्रदेश ३ का सहकारी मन्त्रीको भनाइ, हेटौंडा उपमहानगरको आम्दानी १० करोड नाघ्ने, मारिएका कुखुराको मूल्य माग, निजी आवास पुननिर्माणमा...बाँकी

विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई विभिन्न घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा...बाँकी

प्रधानमन्त्री ओलीले प्रतिबद्धता पुरा नगरेपछि चिकित्सकहरु आन्दोलन गर्ने तयारीमा

चैत्र १९ गते मंगलबारबाट सार्वजनिक गर्न सुरु गरिएको कर्मचारी समायोजन सूची भने चिकित्सक र सरकारबीच भएको सहमति विपरित आएको भन्दै चिकित्सकहरु आन्दोलन गर्ने तयारीमा छन् । अहिले सरकारी चिकित्सकको अवस्था हातमा लाग्यो शून्य भने जस्तै भएको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ आए देखिनै आफूहरुलाई संघ अन्तर्गत राखेर देशभर सेवामा...बाँकी

वंशजको आधारमा पुनः नागरिकता वितरण गर्न गृह मन्त्रालयको परिपत्र

जन्मको आधारमा नागरिकता प्राप्त गर्नेहरुलाई पुनः वंशजको आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको छ। नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकार मार्फत रोकिएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्तानहरु नागरिकता लिनबाट वञ्चित...बाँकी

मृतक परिवारलाई ५ लाख दिने प्रचण्डद्वारा घोषणा

बारा र पर्सामा आइतबार आएको हावाहुरीका कारण मृत्यु भएको परिवारलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रति परिवार ५ /५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका...बाँकी

कुलेखानी सुरुङमार्ग बारे संसदमा प्रश्न

३ नम्बर प्रदेश सभाको वैठकमा हेटौंडा:–कुलेखानी सुरुङ मार्गको विषयमा प्रश्न उठेको छ । मकवानपुरकी सांसद मुनु सिग्देलले ३ नम्बर प्रदेश सरकारलाई प्रदेश गौरवको योजनाको विषय निकाल्दै सुरुङ मार्गको काम कहा“ पुग्यो ? भन्दै प्रश्न गरेकी हुन् । उनले स्थानीय तहमा कर्मचारी अभावको कारण कार्यसम्पादनमा असर पुगेको समेत बताएकी हुन् ।...बाँकी

प्रदेश सभामा एकैचोटी ३ सांसदले गरे नियमापत्ती

 ३ नम्बर प्रदेश सभाको मंगलबार बसेको वैठकमा प्रदेश सुचनाको हक सम्बन्धी विधेयक सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेलले बोल्न सुरु गर्ने वित्तिकै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको वैठक ५ मिनेटको लागि स्थगित  गर्नुपर्यो । सुचनाको हक सम्बन्धी १० जना प्रदेश सभा सदस्यहरुले बोेलेका छन् । सोमबार आन्तरिक मामिला तथा...बाँकी