बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं.४ टुवाङ्ग्रास्थित सानो सोमलाल बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ । सोही बनकरियाको घरलाई होम स्टे बनाउने गरी काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बनकरिया बस्तीमा होम स्टे लगायतको काम गर्ने...बाँकी
कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ । सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको...बाँकी
३ नम्बर प्रदेशका स्थायी राजधानीबारे नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मौन रहने बताएका छन् । न्युज क्लव नेपालले हेटौैंडामा आज गरेको पत्रकार भेटघाटामा उनले यसबारे आफुले नबोल्ने बताएका हुन् । ‘यो कि त सहमतिमा जानुपर्छ, नभए बिधि प्रक्रियामा जानुपर्छ’,उनले भने,‘मैले यस बारेमा यसो हो भनेर...बाँकी
काठमाडौं - भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अोलीबीच दोहोरी चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विविध विषयलाई आफ्नो प्राथमिकताका साथ छापेका छन् । हेटौंडा बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव हुँदा किनमेलका लागि आउनेहरुलाई अप्ठेरो परेको, कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको, युवालाई उद्यमशीलताबारे परामर्श भएको, माछागाउँ बनाइदिन मनहरी ४ का बासिन्दाले सांसदसँग माग गरेको, विवरण नआउँदा...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । उनको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि...बाँकी
सांसद राजेन्द्र लिङदेनले झापा जिल्लामा १० लाख मागेको ठाउँमा एक करोड १० लाख बजेट पठाइएको खुलासा गरेका छन् । प्रचार भएजस्तो नयाँ बजेट एक रुपैँया पनि नगएको दाबी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङदेनले नयाँ बजेटको त कुरै छोडौ पुरानो कार्यक्रमका बहुबर्षिय आयोजना...बाँकी
माघ १६ गते दिउँसो १ बजे सिंहदरबारस्थित संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल चलिरहेको थियो । त्यहाँ उठेका प्रश्न यस्ता थिए- बाबुको पहिचानविना नै महिलालाई वंशज मान्ने कि नमान्ने ? अंगीकृत नागरिकलाई कुन तहसम्मको अधिकार दिने ? ज्वाइँ र बुहारीलाई एकै प्रकृयाद्वारा एकै प्रकृतिको नागरिकता दिन...बाँकी