राजनीति

मुख्यमन्त्री पौडेलद्वारा गौरीटार रंगशाला अवलोकन 

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्त्वपूर्णका साथ हेर्नुभएको थियो । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि  बढेको छ। अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम...बाँकी

प्रेस संगठन मकवानपुरमा प्रकाश दाहाल

हेटौंडा : प्रेस संगठन मकवानपुरको संयोजकमा प्रकाश दाहाल नियुक्त भएका छन् । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन नेपाल मकवानपुरको संयोजकमा दाहाललाई चयन गरिएको हो । संगठनको केन्द्र र प्रदेशमा संयोजक, सहसंयोजक तथा केन्द्रीय सदस्यको चयनपछि जिल्लाको नेतृत्व चयन भइरहेको छ ।संगठनको प्रदेश ३ मा रहेका...बाँकी

प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा मकवानपुरका दाहाल

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा मकवानपुरका अधिवक्ता वावुराम दाहाल नियुक्त भएका छन् । कार्तिक २९ गते बसेको मन्त्रीपरिषद बैठकले हेटौँडा उपमहानगरपालिका हटिया घर भएका दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो । तत्कालिन नेकपा एमालेका निर्वाचन विभाग सचिव समेत रहिसकेका दाहाल १९ वर्षदेखि कानुनी पेशामा आवद्ध भएर काम गरिरहेका...बाँकी

सीमा बिवाद बार्ताको माध्यमबाट समाधान गरिनुपर्छ : देउवा

हेटौंडा पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतसँगको सीमा बिवाद बार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘सबै राजनीतिक दलको साथ बर्तमान सरकारलाई रहेको छ, सीमा बिवाद...बाँकी

विप्लवका २० कार्यकर्ता नेकपामा प्रवेश(नाम सहित)

हेटौंडा ः नेत्र विक्रम चन्द“विप्लव”ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै विप्लवका २० जना सक्रिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोन सहित विभिन्न गाउँ कमिटिका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा...बाँकी

भारतको विरोधमा मोटरसाईकल ¥याली

हेटौंडा: प्रदेश ३ को राजधानी हेटौंडामा मोटरसाइकल ¥याली निकालिएको छ । भारतले नेपाली भूभाग अतिक्रमण गर्न खोजेको भन्दै हेटौंडा–८ कमानेको मनकामना सांस्कृतिक परिवारको अगुवाईमा प्रदर्शन भएको हो । मोटरसाईकल ¥याली हेटौंडाका विभिन्न चोकहरुमा पुगेको थियो । मोटरसाईकल ¥यालीमा सहभागीहरुले नेपाली गोर्खालीहरुलाई चलाउन खोजे खुकुरी चलाउन बाध्य हुने भन्दै नेपालीको स्वाभिमान...बाँकी

भारतको नक्साको विरोधमा “युथ अफ हेटौंडा”(फोटो सहित)

हेटौंडाः भारत विरोधी आन्दोलन दिनानुदिन चर्किरहेको बेलामा “युथ अफ हेटौंडा”ले फरक शैलीमा विरोध गरेको छ। भारत विरुद्धको पर्चा, पम्पलेट लिएर हेटौंडाका मेनरोड सडक खण्डमा विच भाग (सेतो धर्का)मा हिँडेर विरोध प्रदर्शन गरेका हुन्। युवाले हेटौँडाको बुद्धचोकको वरिपरि पर्चा, पम्पलेट लिएर ३० मिनेट उभिएका थिए भने सिमा चोक, उद्योग वाणिज्य संघको...बाँकी

“गो ब्याक ईण्डिया” भन्दै अनेरास्ववियू आक्रोशित (भिडियो सहित)

हेटौंडा : भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि “गो ब्याक इण्डिया”को नारा लगाईएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्र्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । हेटौंडाका विभिन्न क्याम्पसहरुबाट क्याम्पस पोशाकमै विद्यार्थीहरुले भारतीय दादागिरी...बाँकी