त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रदेश २ को विवाद चुलिएको छ । यो विवाद उत्पन्न हुनुमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको हात रहेको अध्यक्षधय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरुको आरोप छ । नेकपा प्रदेश २ अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललगायत आठ...बाँकी
सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो ।...बाँकी
दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि हेटौंडामा आयोजित जागरण अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको आरोप लगाए । वर्तमान सरकार हत्या, हिंसा, बलात्कार...बाँकी
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।...बाँकी
पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै...बाँकी
सिरहाको उत्तरवर्ती र उदयपुर जिल्लाको दक्षिणवर्ती चुरे पानीढलो क्षेत्र कसको हो भन्नेमा दुई प्रदेशबीच सीमा विवाद छ । पूर्वाञ्चल विकास क्षेत्रमा रहेका दुवै जिल्ला संघीय संरचनापछि प्रदेश २ र १ मा परे । दुई जिल्लाबीचको पुरानो विवाद यतिबेला प्रदेशको जुंगाको लडाइँ बन्ने अवस्थामा पुगेको छ । दुवै प्रदेशका सम्बद्ध जिल्लाका विधायकले प्रदेशसभामा उक्त...बाँकी
मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता...बाँकी