राजनीति

समाज मेलम्चीको निर्माण तत्काल थाल्ने सरकारको निर्णय

 सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीले छाडेर हिँडेपछि अनिश्चित बनेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाल जानकारी दिएका छन्। रोकिएको काम तत्काल...बाँकी

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी भारी मतान्तर विजयी

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ। गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ। अमेठीमा भने गान्धी भारतीय...बाँकी

प्रदेशको नाम नेवा : ताम्सालिङ माग गर्दै संसदमा प्रस्ताव दर्ता

 ३ नम्बर प्रदेशको नाम  नेवा : ताम्सालिङ माग गर्दै ३ नम्बर प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य ओम बहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो । यस अघि ३...बाँकी

बामदेवको विज्ञप्तिले बालुवाटारमा खैलाबैला

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालयका सदस्य बामदेव गौतमले नेपाल सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । गौतमले बिहीबार विज्ञप्ति जारी गरेर उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता आफूले...बाँकी

प्रदेश ३ को राजधानी सम्बन्धी कार्यविधि संसदबाट पारित

हेटौंडाः ३ नम्बर प्रदेशको राजधानी सम्बन्धी कार्याविधि संसदबाट पारित भएको छ । नेकपा ३ नम्बर प्रदेशका संसदीय दलका सचेतक रामेश्वर फुँयालको प्रस्तावमा संसदको सर्वसम्मत रुपमा पारित भएको हो । यस्तै बुधबार नै भएको प्रदेश सभाको राजधानी सम्बन्धी कार्यविधि पनि पारित भएको छ । बुधबारको प्रदेश सभाको वैठकमा विनियोजन विधेयकको सिद्धान्त...बाँकी

भ्रष्टाचार सडकमा उत्रियो तरुणदल, ३५ किमि यात्रा

नेपाल तरुणदल स्याङ्जाले भ्रष्टाचार विरुद्ध ३५ किलोमिटर मोटरसाइकल -याली गरेर विरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल र सरकारले गरेको भ्रष्टाचारविरुद्ध तरुणदल स्याङ्जाले मोटरसाइकल र्याली गरेर विरोध जनाएको हो । तरुणदल स्याङ्जाले वालिङ मोडबाट शुरु गरेको मोटरसाईकल -याली स्याङ्जा सदरमुकाममा पुगेको थियो । -यालीको उदघाटन र कोणसभामा सम्बोधन गर्दै नेपाली...बाँकी

पाँचथर हत्या प्रकरणबारे तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

 गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले त्यस हत्याकाण्डको...बाँकी

हेटौंडाबाटै स्मार्ट लाइसेन्स वितरण सुरु

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नै लाईसेन्स नविकरण तथा दर्ता सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सुरु भएको हो । आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर सेवाको सुरु गरेका...बाँकी