राजनीति

राज्यको अर्बौं रुपैयाँ जोखिममा

 कुनै पनि आयोजनाको डिजाइनमा खेलाँची गरियो भने नतिजा कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो सिक्टा सिँचाइ आयोजना। आयोजनाको नहरको डिजाइन त्रुटिपूर्ण छ भन्ने थाहा पाएर पनि उच्च पदस्थ कर्मचारीले यसको निर्माण गर्ने स्वीकृति दिए। पानी परीक्षणकै क्रममा नहर भत्किँदा एकातिर राष्ट्रको अर्बौं रुपैयाँ गुम्ने अवस्थामा पुगेकोे छ भने अर्कोतिर दुई...बाँकी

आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको प्रदेश ३ का सांसदलाई आरोप

हेटौंडाः एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते गृहमन्त्रालयमा उक्त गुनासो पत्राचार गरिएको हो । धादिङ जिल्ला क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद...बाँकी

अन्तर्राष्ट्रिय को हुन्, स्मृति इरानी ? जसले राहुल गान्धीको गढमा जितिन्

 भारतको लोकसभा चुनाबमा काग्रेस आईले अपेक्षित परिणाममा जित निकाल्न त सकेन – सकेन, पार्टी अध्यक्ष राहुल गान्धीले बर्षौ देखिको आफ्नै परिवारको वर्चश्वमा रहेको अभेद्य किल्ला अमेठी समेत जोगाउन सकेनन् । दुई निर्वाचन क्षेत्रमा चुनाब लडेका राहुलले आफनै परिवारको विरासत रहेको र आफुले पनि तिन पटक जितिसकेको निर्वाचन क्षेत्र गुमाउन पुगे...बाँकी

खाना अपच भएपछि सिंगापुर उडे देउवा !

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् ।...बाँकी

नागरिक समाजको सहभागिता गराउन कानूनमन्त्रीलाई अनुरोध पत्र

सार्वजनिक निति निर्माण तथा कार्यान्वयन प्रक्रियामा नागरिक समाजको अर्थपुर्ण सहभागिता गराउन माग गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई अनुरोध पत्र बुझाईएको छ । प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा नागरिक समाजको सहभागिता गराउन आग्रह गर्दै मकवानपुरका नागरिक समाजले बिहीबार संयुक्त रुपमा अनुरोध पत्र बुझाएको...बाँकी

तरुणदलद्वारा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ। पार्टीले घोषणा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न ठाउँमा आयोजित कार्यक्रममा तरुण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ। शुक्रबार बाँकेको कोहलपुरमा तरुण दलले भण्डाफोर कार्यक्रम गरेको छ। कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्ट रहेको आरोप...बाँकी

कानुन निर्माणमा प्रदेश ५ अगाडि, प्रदेश २ पछाडि, अरु के गर्दैछन् ?

प्रदेश ५ कानुन निर्माणमा अन्य प्रदेशभन्दा अगाडि देखिएको छ । गठन भएको १५ महिनाको अवधिलाई सातै प्रदेशले कानुन निर्माणको वर्ष मानेका थिए । तर, यो दौडमा कुनै प्रदेश अगाडि देखिएका छन् भने केही पछाडि । प्रदेशसभा ५ ले १५ महिनाको अवधिमा ३८ विधेयक पारित गरेको छ । प्रदेश सरकार आफैं...बाँकी

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन् । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्,...बाँकी