समाज

शनिबार ठुलो पानी पर्ने सम्भावना

नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन्। शुक्रबार अपराह्न देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनले पूर्वी क्षेत्रमा वर्षा गराउन थालिसकेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ। धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो। शुक्रबार राति खासगरी पूर्वका...बाँकी

कुवेतबाट आएका मकवानपुरका ४ जना सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाइयो

कुवेतबाट आएका मकवानपुरका ४ जना मकवानपुरको होल्डिङ सेन्टरमा आइपुगेका छन् । शुक्रबार हेटौंडा आइपुगेका बकैया–३ की सोममाया गोले, मनहरी गाउँपालिकाकी निर्मला खत्री र सुनमाया स्याङतान तथा राक्सिाराङ गाउँपालिकाकी संगीता लामालाई सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैलाई सम्बन्धित गाउँपालिकाले लगेको...बाँकी

भिमफेदी कारागारका कैदीबन्दीलाई गर्मीको पोशाक भत्ता वितरण

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीलाई गर्मी महिनाको पोशाक भत्ता वितरण गरिएको छ । हिजो शुक्रबार र आज शनिबार दुई दिनमा ९५२ जना कैदीबन्दीलाई १ हजार ४ सयका दरले पोशाक भत्ता वितरण गरिएको कारागार प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ । बिहिबारसम्म कारागारमा भएका कैदीबन्दीलाई पोशाक दिने व्यवस्थाअनुसार दुईदिन...बाँकी

मकवानपुरका ९४ जना स्वदेश फर्कदै

कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका १० महिला सहित ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो । दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २१ जना कतार आइडी र भिसाको...बाँकी

हेटौंडा ११ मा बहुउदेस्य भवन निर्माण सुरु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्मारक गेट नजिकै अहिलेको वडा कार्यालय भवनसंगै सुविधा सम्पन्न बहुउदेस्य सामुदायिक भवन निर्माणको काम सुरु गर्न लागिएको छ । सामुदायिक भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनमा वडा कार्यालय राख्ने तयारी छ ।...बाँकी

हेटौंडा उपमहानगरका दुर्गम क्षेत्रमा रहेको १३ वटा विद्यालयका शिक्षकलाई भत्ताको व्यवस्था

हेटौंडाः हेटौडा उपमहानगरपालिकाले उपमहानगरको दुर्गम क्षेत्रमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको छ । उपमहानगरपालिकाको दुर्गम क्षेत्रमा रहेका १३ वटा विद्यालयमा कार्यरत ४० जना शिक्षकले मासिक १२ सय रुपैयाँ प्रोत्साहन भत्ता पाइरहेको उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत रामचन्द्र लामाले...बाँकी

कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई पुस्तकालयको लागी ५० लाख रुपैया उपलब्ध

हेटौंडाः पुस्तकालय निर्माणका लागि कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । संघीय सरकारबाट विद्यालय पुस्तकालय कार्यक्रम अन्तर्गत प्राप्त ५० लाख रकम कैलाश गाउँपालिका भित्रका ६ विद्यालयलाई दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभएको छ । बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय...बाँकी

शुक्रबार वीरगन्जमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना

वीरगन्ज — उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११...बाँकी