काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र किचलो चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई एकताका साथ प्रस्तुत हुन निर्देशन दिएका छन्। शुक्रबारबाट सुरु हुने संघीय सदनको बर्षे अधिवेशनअघि नेकपाका सांसदहरुलाई पत्र लेख्दै उनले एकतावद्ध र दृढताका साथ प्रस्तुत हुन भनेका हुन्। प्रधानमन्त्रीले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको...बाँकी
काठमाडौं : कोरोनाको त्रासमा देशभर लकडाउन चलिरहेका बेला नेपाली सेनाको कलेजले भने विद्यार्थीहरुसँग तोकिएको भन्दा धेरै शुल्क असुलिरहेको छ। नेपाली सेनाको स्वामित्वमा सञ्चालित सानो भर्याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान चिकित्साशास्त्र महाविद्यालयले एबीबीएस तेस्रो वर्षका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा आठ लाख रुपैयाँसम्म बढी रकम लिन थालेको हो। वैशाख मसान्तभित्र भुक्तानी गरिसक्न निर्देशन...बाँकी
कोरोना भाइरसका कारण उत्पन्न विश्वव्याधीको प्रभाव स्वास्थ्यमा मात्र देखिएको छैन, आर्थिक, शैक्षिक लगायतका क्षेत्र पनि नराम्ररी खलबलिएका छन्। विभिन्न देशले भाइरस फैलन नदिन लकडाउनको नीति लिएका कारण विद्यालय तथा क्याम्पसमा पठनपाठन ठप्प छ। नेपालमै पनि पूर्वनिर्धारित मितिको मुखैमा एसइईसहितका परीक्षा रोकिए भने तत्काल नयाँ कक्षाहरू सञ्चालन हुने सम्भावना देखिँदैन। कतिपय...बाँकी
काठमाडौँ — भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक मार्ग उद्घाटन गर्दै...बाँकी
ललितपुर : मोरङ विराटनगरबाट हालै एक महिला ललितपुर महानगरपालिका–३ धोबीघाट आएकी थिइन्। त्यहाँ उनको डेरा छ। तर, बाहिरबाट आएका कारण कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै उनलाई त्यहाँ बस्न दिएनन्। वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार त्यो घरमा एक वृद्धा बस्छिन्। उनले ती महिलालाई घरमा बस्न नदिएकी हुन्। ‘खोइ १ काभ्रेतिर जान्छु...बाँकी
दमक : १५ वर्षदेखि सवारी चालकको पेसा गर्दै आएका धनकुटाका रमेश अधिकारी झापाको दमकमा बस्छन्। उनले यातायात क्षेत्रमा काम थालेयता यतिको लामो समय कामविहीन कहिल्यै हुनुपरेको थिएन। लकडाउनका कारण उनीजस्ता धेरै मजदुर अहिले बेरोजगार भएका छन्। ‘यातायात क्षेत्रमा काम गर्ने धेरैजसो दैनिक ज्यालादारीमा काम गर्छन्। यस्तो हालतमा कामविहीन हुनुपर्दा साँझ...बाँकी
काठमाडौं : संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संसद भवन नयाँ बानेश्वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएकव संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय...बाँकी
स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र...बाँकी