कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा सामुदायिक आखाँ अस्पतालको परिसरमा दुई वर्षको अवधिमा १७ जनाले आखाँ दान गरेका छन् । उक्त केन्द्रले धेरै जनाको आखाँको नानी संकलन गरिसकेको छ । हेटौंडा सामुदायिक आखाँ अस्पतालमा पहिलोपटक हेटौंडा उपमहानगरपालिका ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । हेटौंडा उपमहानगरपालिका १० स्थित टीसीएनमा रहेको...बाँकी
प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रवेश गर्ने सबै नाकामा प्रहरीको डीजीटल निगरानी गर्ने तयारी थालेको छ । सबै भन्दा पहिले हेटौंडाको रातोमाटेमा सीसीक्यामेराबाट चेकिङ गरिने भएको हो । प्रदेशको आन्तरिक सुरक्षाका लागि अव प्रविधिका माध्यमले काम गर्नेगरी तयारी थालिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले...बाँकी
बागमती प्रदेश प्रहरी कार्यालयको हेटौंडाको परिसर भित्र कभडहल (बहुउद्देशीय भवन) निर्माण गर्न सुरु गरिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष बसन्त कुमार लामाले एक कार्यक्रमका वीच कभडहलको शिलान्यास गर्नुभएको छ । कभडहल निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्न लागेको छ । प्रदेश प्रहरी भित्र आयोजना गरीने बिभिन्न...बाँकी
पछिल्लो २४ घन्टामा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । २४ घन्टामा २२७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या...बाँकी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका...बाँकी
मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएका छन्, । थपिएका संंक्रमित मकवानपुरको बागमती गाउँपालिका(२ माझगाउँका २८ बर्षीय पुरूष हुन। बुुधबार संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा उक्त पुरूषमा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका छन्,। संक्रमित पुरूष साउदी अरबबाट नेपाल आएका थिए ।...बाँकी
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माणको क्षेत्रमा आफुहरुले महत्वपुर्ण काम गरेको वताउनुभएको छ । संघीय सरकारले भन्दा पनि बागमती प्रदेश सरकारले कानुन निर्माणमा अगाडी रहेको वताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको बागमती प्रदेश कार्यालयको आयोजनामा नीति तथा कानून निर्माणमा नागरिक सहभागिता संबाद कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले...बाँकी
काठमाडौं, पोखरा र चितवनका होटल साउन १५ गतेबाट आंशिक रूपमा सञ्चालनमा आउने भएका छन्। कोरोना जोखिमबीच होटल सञ्चालनमा आउन पाउने भएपछि व्यवसायी उत्साहित देखिएका छन्। स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने गरी होटल सञ्चालनमा ल्याइने होटल व्यवसायीले बताए। लकडाउनका कारण करिब साढे ४ महिनापछि होटल सञ्चालनमा आउने भएका छन्। गत साउन...बाँकी