पूर्वी चितवनमा एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापाको हत्या भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक विवरणमा थापाको...बाँकी
हेटौंडा–३ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जलवायु संरक्षणसम्बन्धीको ज्ञान विद्यालय तहको पाठ्यक्रममै समेटिनुपर्ने बताएका छन् । विद्यालय तहदेखि नै विद्यार्थीले जलवायु तथा वातारण संरक्षणको बारेमा ज्ञान हासिल गर्न कसे त्यसले सकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयले सोमबार जलवायु नीति...बाँकी
यूएईको आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले आइतबारबाट कामदारलाई तलब दिन थालेकाे छ। काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डनका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र...बाँकी
महोत्तरीको बर्दिवास नगरपालिका–१ मा एक युवक मृत अवस्थामा फेला परेको छ । बर्दिवास नगरपालिका–१ बस्ने २२ वर्षिय विवेक सापकोटा स्थानीय एक होटलमा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । युवकको मृत्युको कारण खुल्न बाकी रहेको र शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल...बाँकी
शुक्रबार ११ गते एम्बुलेन्स दिवस मनाइएको छ । ‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ भन्ने नाराका साथ नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस काठमाडौंमा मनाइएको हो । काठमाडौंका सरकारी तथा निजी अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो । एम्बुलेन्सको साइरन संङ्केतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स र्याली चावहिल, गौशाला, तीनकुने, वानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाहुँँदै...बाँकी
सिन्ह्वा, क्वालालम्पुर : मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ। संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन्। राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार आगामी बिहीवार उनले पद बहाली गर्नेछन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि नयाँ...बाँकी
अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्नको का लागि ८८ हजार रुख काटिने भएको छ । गत माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले रुख काट्ने निर्णय गरेको वन तथा वातावरण मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको मात्रै रुख काट्ने जिम्मेवारी टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) लाई दिएको छ...बाँकी
सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको देवदहमा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु हुन पुगेको हो । देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपरले लु ३२ प ८१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी २३ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको हो । शव क्षतविक्षत...बाँकी