बागलुङमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापालाई निलम्वन गरिएको छ । सामान्य विवादमा सर्वसाधरणलाई निर्धात रुपमा कुटपिट गरेका दुई जवान प्रहरी निलम्वनमा परेको हो । । पीडितसँगको सहमति अनुसार कारबाही भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दीपक रेग्मीले बताए। गत पुष २९ गते राति करिब साढे ९ बजेतिर (बागलुङ)...बाँकी
आफ्नो सुरक्षाको लागी प्रहरीले चलाएको गोली लागेर सप्तरीमा एकको मृत्यु भएको छ । मोटरसाइकलाई रोक्न खोज्दा यो घटना भएको हो । रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको मोटरसाइकलमा आएका दुई व्यक्तिले प्रहरीमाथि गोली चलाएपछि आफ्नो सुरक्षाको लागी प्रहरीले चलाएको गोलीबाट मोटरसाइकल चालक दीपेन्द्र चौधरीको गोली लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी
हेटौंडा–हेटौंडाको बुद्धचोकमा आज बिहानै ट्रक दूर्घटना भएको छ । काठमाडौंबाट हेटौंडाको लागि सामान बोकेर आएको आइचर कम्पनीको ट्रकको चालक निदाएको कारण दूर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घटना बिहान ४ः३० बजेको हो । राप्तीरोडबाट आउने सवारीले दायाँबाट बुद्धको मूर्ति परिक्रमा गरी आफ्नो साइडमा गुड्नुपर्नेमा चालकले बायाँबाटै मोडेकोमा बुद्धचोकको बायाँ...बाँकी
हेटौँडा – मकवानपुरे सञ्चारकर्मी स्वर्गीय मनोहर ढकालको स्मृतिमा नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार शोकसभाको आयोृजना गरेको छ । मकवानपुरका पत्रकारहरुको सहभागितामा महासंघ सभाहलमा भएको शोकसभामा बोल्ने पत्रकार नेतृत्वहरुले ढकालको हत्यारालाई कडा काराबाही गरिनुपर्नेमा जोड दिएका थिए । गत पुस २५ गते हेटौँडाको भैरबडाडामा सञ्चारकर्मी ढकालको हत्या भएको थियो । हत्या...बाँकी
काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ ।...बाँकी
हेटौंडा–नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति हेटौंडाको अध्यक्षमा पूर्णप्रसाद अर्याल चयन भएका छन् । शनिबार हेटौंडामा भएको आठौं अधिवेशन तथा २२ औँ साधारणसभाले अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर बजगाइँ, सचिवमा अमृत बर्तौला, सहसचिवमा बालकृष्ण तिमल्सिना, कोषाध्यक्षमा अमृत बस्नेत, सह कोषाध्यक्षमा...बाँकी
हेटौडा – माघको ठिराउँदो जाडो , लेकको विद्यालय, अनि न्यानो लगाउने न्यानैमा बस्ने विपन्न बालबालिकाको आशा । हातमा कितावको सुनौलो अक्षर चिनेर शिक्षीत बन्ने सपना बोकेर फुटेको पैतालाको डोराले भाग्यको रेखा कोर्न हिडेका कलिला बालबालिका , स्थान मकवानपुर गढी गाँउपालिकाको निकै विकट क्षेत्रमा रहेको बुढीचौरको रुपनारायण मा.वि । स्थानीय निकै...बाँकी
हेटौंडा– प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माकाे साहित्यिक याेगदानकाे प्रशंसा गरिएकाे छ । स्वर्गीय शर्माकाे गृह जिल्ला मकवानपुरमा शनिबार एक कार्यक्रमका बीच उनलाई सम्झिइएकाे हाे । मकवानपुरकाे बकैया गाउँपालिका-१० मा जन्मिएका शर्माले नेपाली साहित्यमा ठूलाे याेगदान रहेकाे भन्दै उनकाे याेगदानकाे कदर गर्दै उनकाे प्रगतिशील बिचारलाई ग्रहण गर्दै अघि बढ्नुपर्नेमा जाेड दिइएकाे थियाे...बाँकी