राजनीति

प्रदेशको राजधानी र नामाकरण टुङ्गो लगाईने

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिए । प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको...बाँकी

संसद बैठक आजदेखि संचालन हुन दिने

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले संसद बैठक अबरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक आजदेखि संचालन हुन दिने भएको छ । कांग्रेसका पूर्वसभापतिको नाममा रहेको अस्पताललाई अहिलेको सरकारले नियतबस खारेज गर्न खोजेकाले आफूहरूले बाध्य भएर...बाँकी

राक्सिराङले पनि दियो ल्होसारमा बिदा

हेटौंडा– पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ २२ गते मनाइने २८५५ औं सोनाम ल्होसारको अवसरमा कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुक्रबार एक सूचना प्रकाशित गरी उक्त दिन गाउँपालिकाभित्रका सबै...बाँकी

उपसचिवहरुको समायोजन सुरु गर्दै,  फारम नभर्नेहरुको हकमा के हुन्छ ?

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजबाट उपसचिवहरुको समायोजन सुरु गर्दै छ । यसअघि सचिवहरुको समायोजन सकिइसकेको छ । सहसचिवको समायोजनको प्रस्ताव भने मन्त्रिपरिषदमा पुगेको छ । सचिव र सहसचिव संघ मातहत रहने भएकाले उनीहरुको समायोजनबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्दछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले...बाँकी

सिडिओलाई यति धेरै अधिकार

काठमाडौं - संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।  संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ...बाँकी

सडक अवरोध गर्न खोज्ने १७ चिकित्सक पक्राउ

काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको...बाँकी

उद्योग वाणिज्यमहासंघ र प्रदेश तीन सरकार बिच सम्झौता

आज प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकाल तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानीराणबिच सम्झौता आदानप्रदान गरको छ । प्रदेश नंबर ३ सरकार र नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रबिच सार्वजनिक निजी साझेदारी प्रारुप कार्यक्रम सहकार्य गर्नेगरि आज सम्झौता गरिएको हो । सम्झौतापछि बोल्दै...बाँकी

सभाको पहिलो बैठक ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा

प्रदेश सभाको पहिलो बैठक ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २०७४ माघ १८ गते बसेको छ । ७ प्रदेशसहितको संघीयता कार्यान्वयन गर्ने गरी मुलुकको पुनर्संरचनापछि यो बैठक बसिएको हो । ३ नम्बर प्रदेश सभाको पहिलो बैठक बसेको आज शुक्रबार ठिक एक वर्ष पुगेको छ । प्रदेश सभाको जेष्ठ सदस्य डोरमणि पौडेलले...बाँकी