राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्री र सांसदबीच आज प्रश्नोत्तर हुने

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सांसदहरुबीच आज संसद भवनमा प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज शुक्रबारका लागि तय गरिएको हो । केही दिनअघि प्रम ओलीले संसदमा सम्बोधन गरेपछि प्रश्न राख्न पाउनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले संसद अवरुद्ध...बाँकी

डा. केसीलाई एकाबिहानै हेलिकप्टरबाट काठमाडौं लगियो

संसदमा पेस राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति विमति राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीलाई शुक्रबार बिहानै काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित डा केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमार्फत बिहान ३ बजे काठमाडौं ल्याइएको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसमाभुम दमननाथ ढुंगाना, लगायत नागरिक समाजका अगुवाको पहलमा डा। केसीलाई काठमाडौं ल्याई महाराजगन्जस्थित...बाँकी

सिडिओ शक्तिशाली बनाएको भन्दै मुख्यमन्त्रीहरुले गृहमन्त्रीसँग यसरी पोखे आक्रोश

काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। सरकारले प्रदेश सरकारलाई क्रस गर्ने...बाँकी

स्थानीय पत्रपत्रिकाः मदिराको तालमा प्रहरीमाथि निर्घात कुटे सिस्नेरीका युवाले

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ऐतिहासिक मकवानपुर गढीमा बिजयोत्सवको तयारी, शौचालय रित्तै छ तर, खोालमा शौच गर्ने प्रवृति, पर्यटक उद्दारको लागि मोटर बोट लगायतका शीर्षकका समाचारलाई पहिलो प्राथमिकताका साथ छापेका छन् । मादक पदार्थ सेवन गरी युवाहरुले प्रहरीमाथि निर्घात कुटपिट गरेको समाचार पनि प्राथमिकताका साथ छापिएको छ । मकवानपुरको इन्द्रसरोबर...बाँकी

राजधानी माग्दै बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

रुपन्देहीमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन गरेको छ । प्रदेशसभाबाट राजधानी घोषणा गर्न ढिलाई भएको भन्दै काँग्रेसले प्रदर्शनसहित सभा गरेको हो । बिहीबारको प्रदर्शन निर्वाचनपछि सबैभन्दा धेरै कार्यकर्ता सहभागी भएको काँग्रेसको दावी छ । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली ट्राफिकचोकमा पुगेर कोणसभामा परिमाणत भएको थियो । कोणसभालाई काँग्रेस नेता बालकृष्ण...बाँकी

केसी अनशनबारे कांग्रेसको भनाई :- प्रधानमन्त्रीज्यू तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारका लागि १६ औं पटक आमरण अनशन बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ। केसीका माग, विगतका सम्झौता र आजको परिस्थितिबारे कांग्रेसको अभिमतसहित प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदामा प्रष्टाएका छन्- १.०४६ सालको परिवर्तनपश्चात नेपाली कांग्रेसले बढावा दिएको उदार अर्थव्यवस्थाको...बाँकी

स्थानीय पत्रपत्रिकाः जनयुद्धस्थल झुरझुरेमा प्रचण्डको पाँच घण्टा

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार मकवानपुरको बागमती गाउँपालिका पुगेर दिनभर कार्यक्रमहरुमा सहभागिता जनाएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । जनयुद्धस्थल झुरझुरे पुगेर प्रचण्डले अब देशमा विकासको बहार आउने बताए । बागमती गाउँपालिकाको भवन उद्घाटन, शहिद पार्क शिलान्यास तथा बागमती गोल्डकप उद्घाटन...बाँकी

तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

कास्की – मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए...बाँकी